Breaking News
देवाही गोनाहीमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समितिद्वारा सरोकारवालाहरुको बैठक सम्पन्न।

देवाही गोनाहीमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समितिद्वारा सरोकारवालाहरुको बैठक सम्पन्न।

आरएन पटेल।
रौतहट,माघ ९ गते २०८१।
देवाही गोनाही नगरपालिकामा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समितिद्वारा शिक्षक, पत्रकार तथा अन्य सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ।
पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप अभियान अन्तर्गत आज बुधवार देवाही गोनाही नगरपालिका स्वास्थ्य शाखा प्रेमपुर गोनाहीको आयोजनामा पालिकाको सभा हलमा उक्त HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समितिको बैठक सम्पन्न भएको हो।

देवाही गोनाही नगरपालिकाको नगर उप प्रमुख परनिया देवी पटेलको अध्यक्षतामा सम्पन्न भएको उक्त नगर स्तरिय खोप समन्वय समितिको एचपीभी खोप अभियानमा रौतहटका सम्पूर्ण सामुदायिक विद्यालय र प्राइवेट स्कुलहरुमा यही २०८१ माघ २२ देखि फागुन ६ गते सम्म भएपनि मधेश प्रदेशको आठ वटै जिल्लाहरुमा यही माघ २३ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरू तथा विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई एच.पि.भी खोप दिइने कार्यक्रमका प्रशिक्षक स्वास्थ्य कार्यालय गौर रौतहटका फोकलपर्सन अनिल कुमार कर्णले बताए।

यो खोप विद्यालय केन्द्रित खोप केन्द्रहरूबाट दिइने भएकाले विद्यालयमा सम्पर्क गरि खोप लगाउनु हुन देवाही गोनाही नगरपालिकाको स्वास्थ्य संयोजक जग्गा रामले अनुरोध गरेका छन।
स्थानीय तह खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा पाठेघरको मुखको क्यान्सरले विश्वमा हरेक वर्ष ५ लाख ७० हजार महिलालाई हुने र सन् २०३० सम्ममा ७ लाख सम्म पुग्ने अनुमान गरिएको छ । यसबाट हरेक वर्ष ३ लाख १९ हजार जना महिलाहरुको मृत्यु हुने र सन् २०३० सम्ममा मृत्युदर ४ लाख सम्म पुग्ने अनुमान गरिएको छ। महिलाहरुमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर रहेको बताईएको छ।

त्यस्तै नेपालमा पाठेघरको मुखको क्यान्सरको अवस्था
हरेक वर्ष २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान गरिएको छ । हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ जसअनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ।
महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मख्य कारण रहेको छ।

त्यसैले नेपाल सरकारले यही माघ २२ गते देखी एकैसाथ देशैभरि सञ्चालन गरेको अभियानमा प्रयोग हुने एच.पि. भी.खोप अभियानमा Cecolin (सिकोलिन) खोप उपलब्ध गराइने हुदा यो खोपले एच.पि.भी. प्रजाति १६ र १८ को कारणबाट संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्ने भएकोले लक्षित समुहका किशोरीहरुलाई नछुटने गरि खोप सञ्चालन गराउन अनुरोध समेत गरिएको छ।

खोप सम्बन्धी केहि जिज्ञासा भए थप जानकारीको लागि पैसा नलाग्ने नम्बर १११५ मा फोन गर्न सक्नु हुने कार्यक्रममा अनुरोध समेत गरिएको छ।

कार्यक्रममा पालिकाको वडा नम्बर १ देखी वडा नम्बर ९ सम्मका वडा अध्यक्ष, पालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका प्र.अ. एवं प्रतिनिधिहरु, नगरका स्वास्थ्य चौकी प्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय प्रेमपुर गोनाहीका कार्यालय प्रमुख प्रहरी निरीक्षक कमल कुमार लूंगेली, पालिकाका विभिन्न शाखा प्रमुख लगायत सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*