Breaking News
देवाही गोनाहीको दुई वडामा एकैसाथ समाजवादी युवा संघको वडा कमिटी गठन

देवाही गोनाहीको दुई वडामा एकैसाथ समाजवादी युवा संघको वडा कमिटी गठन

आरएन पटेल।
रौतहट,फागुन ०४ गते।
देवाही गोनाहीको दुई वडामा एकैसाथ समाजवादी युवा संघको क्रमशः१३/१३ सदस्यीय वडा कमिटी गठन कार्य सम्पन्न भएको छ। जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं.३ र ४ देवाहीमा जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघ नेपालको प्रथम वडा भेलाबाट युवा संघ नेपालको देवाही गोनाही नपा वडा नं.३ र ४ देवाहीमा एकै साथ वडा कमिटी गठन गरिएको हो।

समाजवादी युवा संघ नेपाल रौतहटको जिल्ला अध्यक्ष पुन प्रताप पटेलको अध्यक्षतामा आइतबार पालिकाको वडा नं.३ देवाहीमा राधेश्याम पटेलको अध्यक्षतामा तथा वडा नं.४ मा संदीप पटेलको अध्यक्षतामा समाजवादी युवा संघ नेपालको क्रमशः१३/१३ सदस्यीय वडा कमिटी गठन गरिएको हो।

कार्यक्रमको प्रमुख अतिथि मेयर प्रत्यशी धर्मेन्द्र पटेलले नव गठित समाजवादी युवा संघ नेपालको देवाही गोनाही नपा-३ र ४ देवाहीको सम्पुर्ण पदाधिकारीहरु लगायत सदस्यहरुलाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना दिनुभएको छ।
कार्यक्रममा जसपा नेपालको केन्द्रीय सल्लाहकर समिति सदस्य राम अशिष यादव, दिनेश यादव, बिशिष्ट अतिथि ईश्वरीलाल राय यादव,नगर अध्यक्ष बिर बहादुर राय यादव,निर्वाचित वडा अध्यक्ष संजय पटेल, समाजवादी युवा संघ नेपाल रौतहट जिल्ला सह- सचिव प्रमोद यादव, नेता शिवचन्द्र पटेल (कप्तान सिंह) भु. पू. प्र.अ चन्द्रभानु पटेल,नेता शम्भु पटेल (पटवारी), नगर सह-सचिव सन्तोष पटेल लगायत नगरका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*