Breaking News
नेकपा एकीकृत समाजवादीको दोस्रो गरुडा नगर अधिवेशन सम्पन्न

नेकपा एकीकृत समाजवादीको दोस्रो गरुडा नगर अधिवेशन सम्पन्न

आरएन पटेल
फागुन २० गते।
नेकपा एकीकृत समाजवादीको दोस्रो गरुडा नगर अधिवेशन सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको गरुडा नगर कमिटिको आयोजनामा दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ।

रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत रहेको नवीन गेष्ट हाउसको सभाहलमा मंगलबार एक कार्यक्रमको आयोजन गरि नेकपा एकीकृत समाजवादी पार्टीको नगर अध्यक्ष अशोक प्रसाद यादवको अध्यक्षतामा उक्त नगर अधिवेशन सम्पन्न भएको हो।
सम्पन्न नगर अधिवेशनबाट अशोक प्रसाद यादवको अध्यक्षता ४३ सदस्यीय नगर कमिटी गठन गरिएको छ। नवगठित नगर कमिटिको उपाध्यक्षमा मोसहर आलम, सचिव पंकज कुमार जयसवाल, सह सचिव शुशिला देवी जयसवाल, गजेन्द्र सहनी, सदस्यमा इन्दु देवी राम, बीरेन्द्र पटेल, सरिता देवी साहनी लगायत ४३ सदस्यीय नगर कमिटि गठन गरिएको छ। नव गठित नेकपा एकीकृत समाजवादी पार्टीको गरुडा नगर कमिटिका सम्पूर्ण पदाधिकारीहरु लगायत सदस्यहरुको कार्यकाल सफलताको शुभकामना सहित वक्ताहरुले हार्दिक बधाई ज्ञापन गरेका हुन।
कार्यक्रमको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीको केन्द्रीय महासचिव रामकुमार भट्टराईले पार्टीको अधिवेशन बारे प्रकाश पार्दै पार्टीको विधान अनुसार प्रत्येक २/२ वर्षमा हुने अधिवेशनले पार्टिलाई नया दिशा प्रदान गर्ने भएकाले अधिवेशनबाट चयन भएका पार्टीको नेतृत्वकर्ताहरुले यस पार्टिलाई गाउँ गाउँ- टोल टोलमा विस्तार गरि स्थानीय सरकारले विभिन्न बहानामा गर्दै आएको भ्रष्टाचारको विरुद्धमा अभियान चलाई सर्वसाधारण जनताहरुले तिरेका कर रकमको सदुपयोगमा भूमिका निर्वाह गर्न अपील गरेका छन।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टी अर्का कुनै ठुलो पार्टीमा समायोजन भइरहेको हल्ला मात्र भ्रम फैलाउने हल्ला बाहेक अरु केहि नभएको प्रदेश कमिटी सदस्य तथा गरुडा नपाको मेयर प्रत्याशी बृजकिशोर यादव दाबी गरेका छन। ठुलो पार्टी भन्नेहरुले नेतृत्व सम्भालन नसकेर अर्का पार्टीमा भ्रम फैलाउने कार्य गरेको उनले आरोप लगाएका छन। देशको सत्ता साझेदारीमा बसेको नेकपा एमाले पार्टिकै नेतृत्व रहेको यस गरुडा नगरपालिकाले विकासको नाममा मात्र भ्रष्टाचार बाहेक अरु केहि गर्न नसकेको बताउदै विगतको आर्थिक वर्षमा नगरका गरिब, विपन्न तथा असहायहरुको लागि आएको नागरिक आवास कार्यक्रममा जनताहरुलाई सहयोग गर्नुको सट्टा उल्टै प्रति लाभग्राही वापत ५ हजारका दरले कमिशन खाएर बदनाम भएपछि लिएको रकम फिर्ता समेत गर्न बाध्य हुनु परेको कुरा उनले प्रष्ट पारे। साथै यस्ता बिषयहरुमा आवाज उठाउनेलाई धन्यवाद दिदै नगरमा भइरहेको भ्रष्टाचार विरुद्ध आ आफ्नो ठाउँबाट लाग्न अनुरोध गर्दै गरुडा नगरबासीहरुको साथ सहयोग गर्न आफु २४ सैं घण्टा तत्पर रहेको तथा आगामी दिनमा नगरबासीको हकहितको लागि लड़ने उनले प्रतिवद्धता गरेका छन।

कार्यक्रम सञ्चालन गरुडा नपा-४ का युवा नेता पंकज जयसवालले गरेका थिए। भने कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीको केन्द्रीय महासचिव रामकुमार भट्टराई, विशिष्ट अतिथि स्थायी कमिटी सदस्य कल्याणी खड़का, स्थायी कमिटी सदस्य नागेन्द्र चौधरी, पोलिट व्यूरो सदस्य सरला यादव, केन्द्रीय सदस्य महेन्द्र चौलागाई, अतिथि जिल्ला अध्यक्ष कमल राय यादव, प्रदेश कमिटी सदस्य तथा गरुडा नपाको मेयर प्रत्याशी बृजकिशोर यादव, नेता रामभरोस राय यादव, महिला नेत्री इन्द्रमाला देवी जयसवाल, गरुडा नपा महिला संघको नगर अध्यक्ष सरिता सहनी, गढ़ीमाई नगरपालिकाको नगर अध्यक्ष, गढ़ीमाई-८ को नव निर्वाचित वडा अध्यक्ष बजरंगी राय यादव उर्फ प्रमोद यादव, विभिन्न तह तपकाका नेता कार्यकर्ता लगायत गरुडा नगर भरिका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*