Breaking News
छोरी अलका ठाकुरको हत्यारालाई सजाय देउ भन्दै बुबा रामकिशोर ठाकुरद्वारा पत्रकार सम्मेलन

छोरी अलका ठाकुरको हत्यारालाई सजाय देउ भन्दै बुबा रामकिशोर ठाकुरद्वारा पत्रकार सम्मेलन

स्थानीय न्यूज।
गरुडा, बैशाख ०५ गते।
रौतहटको गढीमाई नगरपालिका ४ संग्रामपुर पर्साका रामकिशोर ठाकुरले छोरी छोरी अलका ठाकुरको हत्यारालाई सजाय देउ भन्दै बुबा रामकिशोर ठाकुरद्वारा पत्रकार सम्मेलन।
माइती भई रौतहटकै दुर्गा भगवती गाउँपालिका ३ मत्सरीमा बिहे भएकी एक युवतीको हत्या गरी लास झुन्ड्याइदिएको आरोप आफन्तले लगाएको छ । रौतहटको गरुडास्थित होटल एनपि स्टारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मृतक २७ वर्षीया अलका ठाकुरका बुबा राम किशोर ठाकुर, आमा अनिता कुमारी ठाकुर र भाइ मनमोहन ठाकुरसहितका आफन्तहरुले मृतकका पति संजीव झा र घरपरिवारका अन्य सदस्य मिलेर हत्या गरी लास झुन्ड्याएको आरोप लगाएका हुन् ।
घटना गत बैसाख १ गते सोमबारको भएको पीडित पक्षको भनाइ छ । बिहान साढे ९ बजेतिर छोरी ज्वाइँ संजीव ठाकुरले फोन गरेर छोरी मर्न लागेको जानकारी गराएका थिए । छोरीको अवस्था बुझ्न सदरमुकाम गौर नजिक रहेको सिसवाबाट आफन्तलाई पठाउँदा छोरीलाई झुन्डिएको अवस्थामा स्थानीय तथा प्रहरी प्रशासनले चारैतिरबाट घेरेर राखेको र लास उठाउने मुचुलका बनाइरहेको बताएपछि आफूहरु दौडेर त्यहाँ पुगेको ठाकुरको भनाइ छ ।
केही आफन्तसहित छोरीको घरमा पुगेका ठाकुरलाई त्यहाँको अवस्थाको बारेमा फोटोसमेत प्रहरीले खिच्न नदिएको आरोप रहेको छ । ठाकुरले भने – प्रहरीले फोटोसमेत खिच्न दिएन ।
त्यहाँ रहेका झा परिवारले भने जस्तै प्रहरीले एकोहोरो गरेको र लास उठाएपछि बलजफ्ती गौरमा पोस्टमार्टम गर्न खोज्दा आफूहरुले रोकेर काठमाडौँमा गर्ने अडान लिएको पत्रकार सम्मेलनमा ठाकुरले बताए । काठमाडौँमा पोस्टमार्टम गरेपछि अस्पतालले आफूलाई लासको जिम्मा दिएको मृतकको भाइ मनमोहन ठाकुरको भनाइ छ । आफूले लास बुझेको तर रौतहट ल्याएपछि तिन ट्रक प्रहरीले बलजफ्ती लास खोसेर मत्सरीका झा परिवारको जिम्मा दिएको आरोप लगाएका छन् । ठाकुरको भनाइ छ – आफूहरुले नै लासको सद्गति गर्न पाउनुपर्ने अडान राखेपछि प्रहरीले लछारपछार गरेको, लाठी चार्ज गरेको र आफूहरुमाथि अमानवीय व्यवहार गरेका थिए ।
ठाकुरले गत २०७६ जेठ ५ गते धुमधामसित साढे २२ लाख रुपैया खर्च गरेर छोरीको विवाह झासित गरेको बताउँदै पछि थप साढे तिन लाख रुपैया दिएको र छोरीले पनि ज्वाईँलाई चार चक्के गाडी किन्न सात लाख रुपैया दिएको बताएका छन् । बिहे भएको ६ वर्षसम्म झाले विवाह दर्ता नगराएको आरोप लगाउँदै पहिलेदेखि नै छोरीमाथि झा परिवारको कुदृष्टि रहेको आरोप लगाएका छन् । अनेक किसिमको दुव्र्यवहार सहँदै छोरीले एउटा इन्स्योरेन्स कम्पनीमा काम गरिरहेकी थिइन् । झा परिवारले हत्या गर्नुभन्दा दुई दिन पहिलेदेखि नै छोरी चढ्ने स्कुटरको साँचो खोसेर राखेका थिए । शनिवारदेखि कुरा समेत गर्न नदिएको झा परिवारले सोमवार छोरीको हत्या गरी झुन्ड्याएर प्रहरीको सहयोगमा आत्महत्यामा परिणत गरेको आरोप पीडित पक्षको रहेको छ ।
मृतकका बुबा र आमाले पत्रकारसामु भक्कानिएर रुँदै भने – आफूहरुको सहारा कोही छैन ।
पीडित परिवारले मानव अधिकारवादी संघसंस्थाहरुले पनि घटनाको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि दिपक कुमार रायले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन् । पोस्टमार्टमको रिपोर्ट आएपछि सोहीअनुसार अगाडि बढ्ने रौतहट प्रहरीको भनाइ छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*