Breaking News
मधेशमा आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

मधेशमा आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

स्थानीय न्यूज                                                  रौतहट,साउन ३१ गते २०८२।
आज भगवान् श्रीकृष्ण जन्मेको दिन अर्थात् श्रीकृष्ण जन्माष्टमी, मधेशमा श्रीकृष्ण जन्माष्टमी पर्व हर्षोउल्लासका साथ मनाइँदैछ । प्रत्येक वर्ष भाद्र कृष्णपक्ष अष्टमीको दिन हिन्दु धर्मावलम्बीहरुले पूजा-आराधना गरेर श्रीकृष्ण जन्माष्टमी मनाउँछन् ।
भगवान श्रीकृष्णको जन्मोत्सवको अवसरमा मधेशका विभिन्न जिल्लाहरूमा आज श्रद्धा, भक्ति र उल्लासका साथ श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ।
व्रत, पूजा, भजन-कीर्तन र झाँकी प्रदर्शनसहितका धार्मिक कार्यक्रमहरू आयोजना भइरहेका छन्। मन्दिरहरूमा बिहानदेखि नै भक्तजनहरूको घुइँचो लागेको छ। विशेषगरी रौतहट, सर्लाही, महोत्तरी, धनुषा, पर्सा, बारा लगायतका जिल्लाका प्रमुख कृष्ण मन्दिरहरूमा भक्तजनहरूले पूजा-अर्चना गर्दै भगवान श्रीकृष्णको आशीर्वाद लिइरहेका छन्।
पर्वको अवसरमा धार्मिक संस्थाहरूले भजन-कीर्तन, प्रवचन र रासलीला कार्यक्रम पनि गरिरहेका छन्। सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले विशेष व्यवस्था गरेको छ।    हिन्दु धर्ममा भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास छ । श्रीकृष्णलाई भगवान् विष्णुको आठौं अवतार मानिन्छ। धर्मशास्त्रहरूमा दुर्जनको विनाश र सज्जनको रक्षाका लागि श्रीकृष्णको जन्म भएको उल्लेख छ ।
कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिलाउन पिता वासुदेव र माता देवकीको आठौं गर्भबाट भगवान् श्रीकृष्णको जन्म भएको थियो । मुलुकभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई स्नान गराउने परम्परा छ ।
श्रीकृष्णलाई धर्म, नीति, भक्ती र न्यायको प्रतीकका रूपमा पूजिन्छ।
श्रीकृष्णको पूजाआजा गरेमा लामो आयु प्राप्त हुने, सन्तान प्राप्ति हुने र मनोकामना पूरा हुने जनविश्वास छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*