Breaking News
जनतासँग प्रत्यक्ष भेटघाटलाई निरन्तरता दिदै मेयर जयसवाल

जनतासँग प्रत्यक्ष भेटघाटलाई निरन्तरता दिदै मेयर जयसवाल

आरएन पटेल
रौतहट,साउन ३० गते।
रौतहटको कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवालले जनतासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई निरन्तरता दिदै कटहरिया-४ बहादुरपुरमा जनता संग प्रत्यक्ष भेटघाट गरेका छन। कार्यक्रमलाई निरन्तरता दिँदै आज दोस्रो दिन नगर प्रमुख अजय प्रकाश जयसवाल स्थानीयवासीसँग प्रत्यक्ष छलफलमा सहभागी भएका छन्।


कार्यक्रममा स्थानीयहरूले शिक्षा, स्वास्थ्य, बाटोघाटो, कृषि पोलको उपलब्धता लगायतका विषयमा विस्तृत छलफल गरेका थिए। साथै किसानका लागि कृषि पोलको व्यवस्था, सडक तथा नाला निर्माण र मर्मत, धार्मिक संरचना,मठमन्दिरको निर्माण तथा संरक्षणमा पनि जनताले जोड दिएका थिए।
जनताको विभिन्न माग सुनेपछि नगर प्रमुख जयसवालले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासका क्षेत्रमा कुनै पनि कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै सम्बन्धित निकायलाई तत्काल पहल गर्न निर्देशन दिने बताए।वडावासीको जीवनस्तर उकास्न आवश्यक सबै विकासे योजना कार्यान्वयन गर्ने र जनतासँग निरन्तर प्रत्यक्ष संवादमा रहने उनले आश्वासन दिए।

कार्यक्रममा नगरका समस्या, आवश्यकता तथा आगामी विकास योजनाबारे नगर प्रमुखले सर्वसाधारणसँग विचारविमर्श गर्दै नगरभरिको जनसमुदायसंग सहकार्य गरि अगाडी बढ़ने बताउनु भयो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*