Breaking News
कावरिया श्रद्धालुहरुलाई वडाअध्यक्ष प्रत्यासी यादवद्वारा सम्मान पूर्वक विदाई

कावरिया श्रद्धालुहरुलाई वडाअध्यक्ष प्रत्यासी यादवद्वारा सम्मान पूर्वक विदाई

रौतहट,साउन ३१ गते। 
रौतहटको बौधीमाई नगरपालिका वडा नं ५ कोपवा टोल निवासी एवं जसपा नेपालका तर्फबाट वडाअध्यक्ष प्रत्यासी युवा नेता विवेक कुमार यादवले शनिबार गाउँबाट बाबा बैधनाथ धाम तिर्थ यात्राका लागि प्रस्थान गरेका कावरिया भक्तजनलाई सम्मान पूर्वक विदाई गरेका छन्।

प्रत्यासी यादवले भगवाधारी कावरिया श्रद्धालु बमहरूलाई अंगवस्त्र ओढाएर सम्मान गर्दै यात्रा मंगलमय रहोस् भन्ने शुभकामना दिएका थिए। धार्मिक आस्था, संस्कृति र परम्पराप्रति सम्मान प्रकट गर्दै उनले यस्तो कार्यले समाजमा आपसी एकता र सहकार्य बढाउने विश्वास व्यक्त गरेका छन्।

स्थानीय बासिन्दाहरूले यादवको समाजसेवी भावना र हरेक सामाजिक तथा धार्मिक गतिविधिमा सक्रिय सहभागिता रहँदै आएको भन्दै प्रशंसा गरेका छन्। उनी वडाको विकासदेखि सामाजिक कार्यसम्म सधैं जनताको सेवामा तत्पर रहेको जनाइएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*