Breaking News
पत्रकारमाथि गरिएको आक्रमणको विरोधमा सीडीओ कार्यालय धनुषा अगाडी धर्ना जारी

पत्रकारमाथि गरिएको आक्रमणको विरोधमा सीडीओ कार्यालय धनुषा अगाडी धर्ना जारी

जनकपुरधाम, भदौं ०१ गते।
जनकपुरधाममा वकिलहरूद्वारा पत्रकारमाथि गरिएको आक्रमणको विरोधमा कारवाहीको माग गर्दै पत्रकारहरूले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघ धनुषाको अगुवाईमा संचारकर्मीहरु “आक्रमणकारी वकिललाई कारबाही गर”, “प्रेस स्वतन्त्रताको रक्षा गर” र “पत्रकारलाई सुरक्षा देऊ” भन्ने नारा लेखिएका प्लेकार्ड सहित आज बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालयको मूल गेटमै धर्नामा बसेका हुन् ।
गत साउन २७ गते गुठी संस्थानबाट लिजमा लिएको जग्गा संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारी सहितका आक्रमणकारी शैलीमा प्रस्तुत भएका वकिलहरूले पत्रकारमाथि हिंसक आक्रमण गरेका थिए ।
उक्त हिंसक आक्रमणमा परेर नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए । घटनामा संलग्न पाँच वकिल विरुद्ध जाहेरी दिए पनि हालसम्म प्रहरीले पक्राउ नगरेको पत्रकार महासंघले प्रहरी माथि गम्भीर आरोप लगाएको छ ।
हिजो शनिबार बसेको पत्रकार भेलाले प्रहरी प्रशासनप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गर्ने निर्णय गर्दै आज देखि शान्तिपूर्ण रुपमा प्रदर्शन सुरु गरेका छन् ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*