Breaking News
१९ औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा रौतहटमा प्रभातफेरी

१९ औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा रौतहटमा प्रभातफेरी

आरएन पटेल,राैतहट,भदौ २० गते ।
रौतहटमा १९ औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस भव्य रूपमा सम्पन्न भएको छ। “तीनै तहका सरकार मिली गरौं हातेमालो : मानव बेचबिखनको हटाऔं दुष्चक्रको जालो” भन्ने मूल नाराका साथ १९ औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस रौतहट जिल्लामा विशेष कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ ।


जिल्ला प्रशासन कार्यालय रौतहटको आयाेजनामा प्रभातफेरी कार्यक्रम बिहानैदेखि सुरु भई सदरमुकाम गाैरकाे भन्सार नजिक क्रान्तिद्वार गेटदेखी प्रमुख सडक हुँदै धर्मशाला चौकको परिक्रमा गरियो । कार्यक्रममा समुदाय प्रहरी साझेदारी, सरकारी निकाय, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधिहरू, विद्यालयका विद्यार्थी, युवा क्लबहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड़काले मानव बेचबिखन जस्ता जघन्य अपराधको अन्त्यका लागि सबै तहका सरकार र समुदायबीच समन्वय आवश्यक रहेको बताए । उहाँले मानव बेचबिखनविरुद्ध जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमको महत्व अत्यधिक रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै सदरमुकाम पर्ने गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले मानव बेचबिखनको रोकथाम, पीडितको संरक्षण तथा पुनःएकीकरणको प्रयासमा सबैले आ-आफ्नो ठाउँबाट योगदान पुर्‍याउनु पर्ने सन्देश दिएका छन।
कार्यक्रममा सहभागिता जनाएकाहरूले विभिन्न सचेतनामूलक प्लेकार्ड, नाराबाजी तथा सांस्कृतिक प्रस्तुतीमार्फत जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याएका थिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*