आरएन पटेल
राैतहट, असोज २३ गते ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा दोस्रो संस्करणको ‘बिजयपुर क्रिकेट कप’ भव्य रूपमा सुरु गरिएको छ । जिल्लाको <span;>फतुवा विजयपुर नगरपालिका-११ स्थित हिमालीबास मैदानमा भव्य समारोहका बीच ‘बिजयपुर क्रिकेट कप सिजन-२’ को औपचारिक उद्घाटन एक समारोहका बिच गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अम्बेया खातुन, विशिष्ट अतिथि नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र प्रसाद यादव र विधायक प्रत्यासी मोहम्मद सेराजको संयुक्त उपस्थितिमा प्रतियोगिताको शुभारम्भ गरिएको हो।
उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख खातुनले युवालाई खेलकुदमार्फत अनुशासन, एकता र सकारात्मक बाटोतर्फ डो-याउनु आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीयस्तरमा खेलकुदको प्रोत्साहनले समाजमा आपसी सद्भाव र स्वास्थ्यप्रतिको चासो बढाउने विश्वास व्यक्त गर्नुभयो।

नेपाली कांग्रेसका युवा नेता ज्ञानेन्द्र यादवले खेलकुदलाई समाज परिवर्तनको माध्यमका रूपमा हेर्नुपर्ने धारणा राख्दै यस्ता प्रतियोगिताले नयाँ पुस्तामा नेतृत्व क्षमताको विकास गर्ने बताउनुभयो। त्यस्तै, विधायक प्रत्यासी मोहम्मद सेराजले स्थानीय प्रतिभा पहिचान र उनीहरूको विकासका लागि यस्ता प्रतियोगिता अत्यन्त प्रभावकारी हुने उल्लेख गर्दै खेल पूर्वाधार निर्माणमा सधैं सहयोग गर्न तयार रहने प्रतिबद्धता जनाउनुभयो।

उद्घाटन सत्रपछि पहिलो खेल मौलापुर र चिउटाहा टिमबीच सम्पन्न भएको थियो। प्रतियोगिताको सुरुवाती खेलमै स्थानीय खेलाडीहरूको जोश र दर्शकहरूको उत्साहपूर्ण सहभागिताले वातावरण रोमाञ्चक बनेको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, पत्रकार, खेलप्रेमी तथा ठूलो संख्यामा दर्शकहरूको उपस्थितिले हिमालीबास मैदान उत्सवमय बनेको थियो। आयोजक समितिले प्रतियोगितालाई व्यवस्थित र पारदर्शी रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।
Sthaniya News
