Breaking News
श्री नमूना मावि धरहरीका शिक्षक विज्ञापनमा घुस लिईदै प्र.अ. साह र सहयोगी पक्राउ

श्री नमूना मावि धरहरीका शिक्षक विज्ञापनमा घुस लिईदै प्र.अ. साह र सहयोगी पक्राउ

बिरगंज,असोज २५ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँले रौतहटको देवाहि गोनाहि नगरपालिका वडा नम्बर ९ स्थित श्री जयकिसान नमूना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सहित दुईजनालाई साढे चार लाख रुपैयाँ नगद घुस सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा श्री जयकिसान नमूना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद साह र घुस बुझ्ने वीरगंजका उनका सहयोगी अरविन्द प्रकास साह रहेका छन् ।
शनिवार हुने विद्यालयको मावि द्वितीय तहको रसायन विज्ञान विषयको परीक्षामा पास गराइदिने उद्देश्यले साढे चारलाख घुस माग गर्दा घुस सहित उनका सहयोगी अरविन्द प्रकाश साह र प्रधानाध्यापक संजय प्रसाद साहलाई घुस लिन अह्राउँदै गर्दा कुराकानीको क्रममा रौतहटबाट पक्राउ गरेको हो ।
वीरगंजका एकजना शिक्षकलाई रसायन विज्ञान विषयमा पास गराउनका लागि साढे चार लाख रुपैयाँ घुस माग गरेका थिए । सोही रकम लिने क्रममा प्रअ संजय प्रसाद साहका सहयोगी वीरगंजका अरविन्द प्रकाश साहलाई समेत पक्राउ गरेको हो ।
मावि द्वितीय तहको विज्ञापन खुलेकोमा वीरगंजका एकजना शिक्षक फर्म भरेका थिए । विद्यालय प्रधानाध्यापक संजय प्रसाद साहले घुस रकम माग गरी उनका नजिकका अरविन्द प्रकाश साहलाई घुस रकम बुझ्न लगाएका थिए ।
सोही घुस रकम लिने क्रममा अरविन्द प्रकाश साह वीरगंजको राधेमाई स्विटस एण्ड भोजनालयबाट र रौतहटबाट प्रधानाध्यापक संजय प्रसाद साह पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गाल काठमाडौँले जनाएको छ । साभार: सिधाकुरा

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*