आरके श्रीवास्तव,राैतहट,कार्तिक ०५ गते ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिका–४, टेंग्राहामा तीनदिने बृहत सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । कर्मचारी समाजको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा स्थानीय कर्मचारीहरूको सक्रिय सहभागिता रहकाे थियो ।

कार्यक्रमको संयोजन लेखा अधिकृत सुबोध कुमार यादवले गर्नुभएको थियो भने सह–संयोजकको रूपमा धर्मेश जयसवाल, अनिल कुमार यादव, सुधिर यादव, प्रमोद यादव, उमेश यादव, गणेश यादव, बाल कुमार यादव, दिपक यादव, नरेन्द्र यादव, जय प्रकाश शर्मा, सैलेन्द्र जयसवाल, रन्जित यादव, सन्जय यादव र रञ्जय यादवको उल्लेखनीय योगदान रहेको थियो ।
मावि टेंग्राहाका प्रधानाध्यापक अनिल कुमार यादवले पनि आफ्नो तर्फबाट उल्लेखनीय भूमिका निर्वाह गर्नु भएको थियो ।
कार्यक्रमको मूल संयोजक लेखा अधिकृत सुबोध कुमार यादवका अनुसार, “हामीले समुदायमै सरसफाई र स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौं । कर्मचारी समाजकाे सहभागिताले कार्यक्रमलाई सार्थक बनाएको छ।”

सार्वजनिक सरसफाई, जनचेतना अभिवृद्धि तथा सामुदायिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा वडा नं. ४ को वडा कार्यालय र स्थानीय स्वास्थ्य चौकी क्षेत्रलाई प्राथमिकता दिइएको थियो । कार्यक्रमका क्रममा सरसफाई, फोहोर व्यवस्थापन, जनचेतना र स्वास्थ्यसम्बन्धी विविध सन्देशहरू समेत प्रवाह गरिएको थियो । आफ्नो घर अगाडि जथाभावी फाेहाेर गरे ५ हजार देखि ७ जरिवाना पनि गरिने चेतावनीसमेत दिइएको थियाे ।
स्थानीय बासिन्दा, विद्यालयका विद्यार्थीहरू तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रमले सरसफाईप्रति जनचेतना बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेपछि संयोजक सुबोध कुमार यादवले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
Sthaniya News
