Breaking News
कटहरियामा नेकपा एमालेको पालिकास्तरिय जनप्रदर्शन तथा जनसभा सम्पन्न

कटहरियामा नेकपा एमालेको पालिकास्तरिय जनप्रदर्शन तथा जनसभा सम्पन्न

आरएन पटेल
रौतहट, कार्तिक २५ गते।
रौतहटको कटहरियामा नेकपा एमालेको पालिकास्तरिय जनप्रदर्शन तथा जनसभा सम्पन्न भएको छ। नेकपा (एमाले) कटहरिया नगरपालिका नगरकमिटीको आयोजनामा मंगलवार आयोजित जनप्रदर्शन कार्यक्रम भव्य र सभ्य वातावरणमा सम्पन्न भएको हो । कार्यक्रममा नगरका विभिन्न टोल-टोलबाट आएका पार्टी नेता, कार्यकर्ता, जनसमर्थक तथा स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई ऐतिहासिक र उत्साहपूर्ण बनाएको थियो।

कार्यक्रममा सम्बोधन गर्दै नेकपा (एमाले) का नेताहरुले देशको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थामाथि आफ्ना धारणा राख्दै सरकारको विफल नीतिहरूको आलोचना गरेका थिए। उनीहरूले जनताको अपेक्षा अनुसार स्थायित्व, विकास र सुशासनका लागि एमालेले निरन्तर जनताको पक्षमा संघर्ष गर्दै आएको कुरा उल्लेख गरे।
नेताहरूले जनतामाझ पार्टीको आगामी योजनाबारे जानकारी दिँदै संगठन सुदृढीकरण, जनसेवा र विकासका अभियानलाई थप तीव्रता दिने प्रतिवद्धता जनाए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व विधायक कुन्दन कुशवाहाले रौतहट क्षेत्र नं. ३ मा विकासको नाउमा मात्र भ्रष्टाचार भएको दाबी गरेका छन।  क्षेत्र नं. ३ का संघीय सांसद प्रभु साहले बिना कुनै बिजनेश, व्यापार, लगानी तथा कारोबारले अर्बौको अकूत सम्पति राजनीतिक भ्रष्टाचार गरि बनाएको उनले आरोप लगाएका छन। आफुलाई बिकास पुरूषको नामले चिनाउने साह “तराई मधेश जनयुद्ध शहीद स्मृति प्रतिष्ठान कटहरिया” को नाउमा अर्बौको सम्पति जम्मा गरि भोगचलन गरि रहेको उनले आरोप लगाए। गृह पालिका मौलापुरमा स्मार्ट सिटी र ल्याण्ड पोलिङ्गको नाममा करोडॉ मूल्यको करीब आठ बिगहा जग्गा आफ्ना आसेपासेको नाउमा पास गरि साहले भ्रष्टाचारको सीमा नाघेको उनले बताए।

त्यस्तै जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका नेता-  मनोज यादव (राजन) ले रौतहट क्षेत्र नं. ३ का सांसद प्रभु साह आफु आम जनता पार्टीको अध्यक्ष, श्रीमती एमालेबाट मेयर र छोरा जेनजी सदस्य किन ? बारे प्रश्न गर्दै आफ्नो धारणा प्रष्ट परेका छन।
आफु भारतीय दूतावासलाई ठगन आजपा बन्ने, पद बचाउन तथा मेयर रही पालिका लुटन पाउन श्रीमती एमाले र आफ्ना विभिन्न घरहरु तथा भ्रष्टाचार गरि बनाएको अकूत सम्पति जेनजी आन्दोलनबाट बचाउन छोरा जेनजी सदस्य बनेको नेता यादवले दाबी गरेका छन।

त्यस्तै सामाजिक सञ्जालबाट एमाले पार्टीलाई चैलेंज गर्ने आजपा का नेता प्रभु साहको विद्यालयमा गाली गलौजको पठन पाठन हुने नेकपा एमालेका नेता उपेन्द्र साहले आरोप लगाएका छन।

कार्यक्रममा उपस्थित सहभागीहरूले शान्तिपूर्ण र अनुशासित ढङ्गले आफ्नो समर्थन प्रकट गरेका थिए। जनसङ्ख्याको विशाल सहभागिता, उत्साही नारा र राष्ट्रिय झण्डासँग सजिएको र्‍यालीले सम्पूर्ण नगरको वातावरण उल्लासमय बनाएको थियो।
जनताको विश्वास, ऐक्यबद्धता र एकताको सन्देशसहित सम्पन्न उक्त जनप्रदर्शनले नेकपा (एमाले) को संगठनात्मक शक्ति र जनआधार अझ सुदृढ भएको सन्देश दिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*