Breaking News
फतुवा बिजयपुर नगरपालिकामा करार कर्मचारी म्याद थप र विद्युत् महसुलका विषयमा कार्यबाहक नगरप्रमुखको स्पष्टिकरण

फतुवा बिजयपुर नगरपालिकामा करार कर्मचारी म्याद थप र विद्युत् महसुलका विषयमा कार्यबाहक नगरप्रमुखको स्पष्टिकरण

स्थानीय न्यूज
रौतहट, मंसिर ०७ गते।
फतुवा बिजयपुर नगरपालिकामा करार कर्मचारीहरूको म्याद थप मागसहित भइरहेको धर्ना कार्यक्रम र विद्युत् महसुल भुक्तानीका विषयलाई लिएर कार्यबाहक नगर प्रमुख अम्बेया खातुनले मंगलबार पत्रकार सम्मेलन गर्दै पालिकामा भइरहेका विभिन्न बेतिथिबारे विस्तृत जानकारी दिएकी छिन्।
उनका अनुसार पालिकाले अहिलेसम्म कुनै पनि करार कर्मचारीलाई हटाएको छैन। नयाँ आर्थिक वर्ष २०८२/०८३ को दशैं खर्चसहित एक चौमासिक तलबसमेत भुक्तानी गरिसकेको बताउँदै खातुनले नयाँ कार्यालय प्रमुख आएपछि नियमानुसार दरबन्दी मिलान गर्ने र बाँकी कर्मचारीलाई पालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने तयारी रहेको स्पष्ट पारिन्। यद्यपि, सो प्रक्रिया अघि नबढाउदै कर्मचारीहरूले अटेरी गर्दै धर्ना कार्यक्रम थालेको आरोप उनले लगाइन्।
विद्युत् महसुलबारे कुरा गर्दै खातुनले नगरपालिकाले पहिले नै २ करोड रुपैयाँ विनियोजन गरिसकेको तर मन्त्रालयको पछिल्लो निर्देशनअनुसार वितरणमुखी कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लागेकाले विधुत बिल भुक्तानीमा समस्या देखिएको बताइन्। “यदि वडा नं. १ देखि ११ का सबै वडाअध्यक्ष र सम्पूर्ण कार्यपालिका सदस्यहरूले समान धारणा बनाए, नगरबासीको सम्पूर्ण बक्यौता महसुल भुक्तानी गर्न म तयारछु,” उनले स्पष्ट भनिन्। सबै बक्यौता तिरेर बाँकी रकम मात्र नगर विकासमा प्रयोग गरिने पनि उनले बताइन्।
पालिका भित्रका अन्य अनियमितता बारे कार्यबाहक नगर प्रमुखका श्रीमान् मोहम्मद सेराजले पनि गम्भीर आरोप लगाएका छन्। करार कर्मचारीको अनियन्त्रित नियुक्तिबारे आफूहरूलाई कुनै जानकारी नदिनु, सेफ्टी ट्यांक सफाइका लागि निःशुल्क मेसिन भए पनि कर्मचारीहरूले रकम उठाइरहनु, किसानका लागि प्रदेश सरकारबाट आएको मोटर र ट्यूबवेल जडानको भुक्तानी लिएर समेत जडान नगरी सामग्री निजी घरमा थन्क्याएको जस्ता अनियमितता उनले सार्वजनिक गरे।
सेराजले प्रमुख प्रशासकीय अधिकृत भरत यादवको लापरवाहीले पालिकाको समग्र प्रणाली नै अस्तव्यस्त बनेको आरोपसमेत लगाए। साथै “स्वस्थ नगरबासी–सुन्दर नगर निर्माण अभियान” सफल बनाउन आफूले व्यक्तिगत रूपमा असहाय परिवारलाई ट्यांकका रिङ, सीट र पाइप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।
पत्रकार सम्मेलनमार्फत पालिकामा देखा परेका चुनौती, अनियमितता र समाधानका उपायहरू उजागर भएको नगरबासीले बताएका छन्।
यस बिषयमा धर्नामा बसेका करार कर्मचारीहरूको भनाई अनुसार- कार्यबाहक नगर प्रमुख ख़ातूनले म्याद थपको लागि लिखित प्रतिवद्धता नगरेसम्म धर्ना तथा बन्द हडताल जारी राख्ने बताएका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*