पर्सा । २४ असार २०७९ ।
ग्लोबल आइएमई लघुवित वितीय संस्था लिमिटेड पोखरीया ‘ ख ‘ शाखाद्धारा दलित सदस्यहरुलाई किटनाशक झुल वितरण गरिएको छ ।
पर्सा जिल्लाको धोवीनी गाउँपालिका वडा नम्बर ३ गुलरिया टोलका विपन्न दलित समदायका परिवारलाई किटनाशक झुल वितरण गरिएको हो । शुक्रबार एक कार्यक्रम आयोजन गरि विपन्न परिवारका ५० जना सदस्यहरूलाई झुल वितरण गरिएको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड पोखरीया ख शाखाका शाखा प्रमुख रोहन चौधरीले जानकारी दिनुभएको हो ।
संस्थाले प्रति परिवार १ थान झुल वितरण गरिएको शाखा प्रमुख चौधरीले बताउनु भयो । संस्थाको दहियार स्टेशन अन्तर्गतका अनुगमन अधिकृत सुदिप ढकालले सहयोग गराउनु भएको उक्त झुल हस्तान्तरण गरेका हुन् । उनले विगतमा सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरिया शाखाले सिपमुलक तालिम, वित्तीय साक्षरता तालिम, सरसफाई कार्यक्रम, दैविक प्रकोप पीडितलाई सहयोग लगायत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र यस पटक कीटनाशक झुल वितरण गरेको बताए ।
२०७७ सालमा स्थापना भएको ग्लोवल आइएमई लघुवित्त संस्था पोखरिया ख शाखाले हाल १ हजार २ सय ४३ जना सदस्यहरुलाई सेवा प्रदान आइरहेको छ । पोखरिया ख शाखाले ८ सय १० जना सदस्यहरूलाई १३ करोड ३१ लाख १५ हजार ३ सय १८ रुपैयाँ कर्जा प्रवाह गरि ३ करोड २७ लाख ३९ हजार ३ सय ८१ रुपैयाँ बचत संकलन गरेको शाखा प्रमुख चौधरीले बताए ।
कीटनाशक झुल वितरण कार्यक्रममा पोखरीया ख शाखाका शाखा प्रमुख रोहन चौधरी सहित कर्मचारीहरु रामप्रवेश यादव, अरुण कुमार महतो लगायतको उपस्थिती रहेको थियो ।
Sthaniya News
