Breaking News
धर्म परिप्रेक्ष्यमा बाल कल्याणको विषयमा धार्मिक अगुवा र बालबालिका बीच अंतरक्रिया कार्यक्रम सम्पन्न

धर्म परिप्रेक्ष्यमा बाल कल्याणको विषयमा धार्मिक अगुवा र बालबालिका बीच अंतरक्रिया कार्यक्रम सम्पन्न

प्रदीप दास, रौतहट ।
भदौ ५ गते,२०७९ ।
रौतहटको गौरमा अवस्थित सिया पार्टी प्यालेसको सभा हलमा वर्ल्ड भिजन नेपाल र निरन नेपालको संयुक्त आयोजनामा समाज प्रतिको चिन्तन,अन्तर धार्मिक लगन नाराको साथ धर्म परिप्रेक्ष्यमा बाल कल्याणको विषयमा धार्मिक अगुवा र बालबालिका बीच अंतरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


बाल विवाह, छाउपडी, महिला हिंसा, दाइजो प्रथा न्यूनीकरण गर्नका लागी काम गर्दै आएको यस संस्थाले विभिन्न धर्मका अगुवाको सञ्जाल गठन गरी निरन नेपालले काम गर्दै आएको छ । बाल कल्याण का लागि राष्ट्रिय अन्तरधार्मिक सञ्जाल नेपालको आयोजना गरिएको कार्यक्रममा विभिन्न नगरपालिकाका धार्मिक अगुवाको सहभागिता रहेको छ ।
उक्त कार्यक्रमले समाजमा विद्यमान रहेका सामाजिक विकृतिका रूपमा रहेको बाल विवाह,बाल हिँसा , बाल श्रम शोषनविरुद्ध बिभिन्न धर्मका अगुवा धर्म गुरुहरुको विशेष उपस्थितिमा आयोजना गरिएको थियो । धर्म गुरुहरु समाजमा बाल विवाह रोक्नका लागि विशेष भूमिका खेलेको पनि देखिएको हो। किनभने विवाहमा धर्म गुरुहरु पूजा पाठ गराउन जाँदा उमेरको आधारमा मात्र बिहे हुनदिन भूमिका खेलेको पाइएको हो ।
यस्ता कार्यक्रमहरुले हाम्रा समाजका केही अभिभावकलाई पनि सहभागी गराई सम्झाउने बुझाउने र बालबालिकालाई पनि सहभागी गराई खराब र असल कुराहरू को बारेमा प्रशिक्षण दिइएको थियो । त्यस कार्यक्रममा विभिन्न धर्मका अगुवा तथा धर्म गुरुहरु,विभिन्न क्लबका बालबालिकाहरू ,अभिभावक, सामाजिक अभियन्ता लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*