आरएन पटेल । भाद्र ७ गते २०७९
ने.क.पा.एस.गरुडा नगर कमिटीद्वारा गरुडा नपाको वडा नं. १ जयनगरमा संगठन सुदृिढीकरण कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको जिल्ला कमिटी रौतहट द्वारा संचालित १ महिने संगठन सुदृिढीकरण अभियान अन्तर्रगत आज रौतहटको मध्य भाग पर्ने गरुडा नगरपालिकाको वडा नं. -१ जयनगरमा संगठन सुदृिढीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम गरुडा नपाको नगर कमिटी अध्यक्ष श्री श्यामनन्दन सहनीको अध्यक्षतामा भएको हो भने कार्यक्रमका प्रमुख अतिथी प्रदेश कमिटी सदस्य क. शेख कल्लिमुल्लाह,विशिष्ट अतिथी- गरुडा नपाको नगर प्रमुख प्रत्यासी- बृजकिशोर यादवको उपस्थितिमा आउदो मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारीको लागि पार्टीको संगठन विस्तारको लागि कार्यक्रम आयोजन गरिएको थियो ।

कार्यक्रममा ने.क.पा.एस का रौतहट जिल्ला सदस्य तथा प्रदेश सभा सदस्य क्षेत्र नं.४(ख) को सम्भावित उम्मेदवार पंकज कुमार जयसवाल,प्रदेश कमिटी म.सदस्य जयरानी सहनी,जि.महिला कमिटी अध्यक्ष ईन्द्रमाला जयसवाल,सो वडा प्रत्यासी बिरेन्द्र यादब,ईश्लाम अंसारी,शेख मन्जर लगायत सर्वसाधारण तथा स्थानीयहरुको उपस्थितमा सो वडाका महिला कमिटी, किसान कमिटी, युवा कमिटी गठन गरिएको गरुडा निवासी नेकपा एसका समाजसेवी बिनोद राय यादवले बताउनु भएको छ ।

पार्टीको संगठन सुदृिढीकरण कार्यक्रम अन्तर्गत अघिल्लो कार्यक्रम वडा नं-७ पिपरियामा हुने भएकोले पार्टी प्रति श्रद्धा राख्ने सम्पूर्ण व्यक्तिहरुलाई उपस्थितिका लागि नगर कमिटिले अनुरोध समेत गरेका छन ।
Sthaniya News
