Breaking News
शीतलहरले अझै केही दिन तराईबासीको जनजीवन कष्टकर बनाउने ।

शीतलहरले अझै केही दिन तराईबासीको जनजीवन कष्टकर बनाउने ।

रौतहट, पुस २३ गते।
शीतलहरले अझै केही दिन तराईबासीको जनजीवन कष्टकर बनाउने देखिएको छ । अरु दिन झै आज पनि तराईमा शीतलहर चलेको छ । तराईको धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र रातिसमेत तराईका धेरै भूभागमा हुस्सु र कुहिरो कायमै रहने छ । पहाडी भू-भागमा भने आंशिक बदली हुने सम्भावना छ । बाँकी भू-भागको मौसम सफा रहने महाशाखाले जनाएको छ ।
आइतबार र सोमबार पनि तराईमा शीतलहर जारी हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।
शीतलहरका कारण तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

तराई क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेकोले सडक तथा हवाई यातायातमा समस्या हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अपिल समेत गरेको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*