Breaking News
जनशक्ति अभावमा जंगलसहिय सब डिभिजन वन कार्यालय – प्रमुख हिराेहित चाैधरी ।

जनशक्ति अभावमा जंगलसहिय सब डिभिजन वन कार्यालय – प्रमुख हिराेहित चाैधरी ।

रामानन्द साह
राैतहट, भदौ २६ गते ।
सब डिभिजन वन कार्यालय जंगलसहियमा जनशक्तिकाे अभावमा कार्यालय सञ्चालन भईरहेकाे कार्यालय प्रमुख हिराेहित चाैधरीले बताउनु भएको छ।


रौतहट जिल्ला को उतरी भेगमा पर्ने गुजारा नगरपालिका अन्तर्ग महेन्द्र राज्यमार्ग हाईवे सिमाना संग जोडिएको डिभिजन वन कार्यालय राैतहट अन्तर्गत पर्ने सब डिभिजन वन कार्यालय जंगलसहियमा जनसक्ति अभावकाे साथै यातायातको लागी सबारी साधन तथा भाैतिक पुर्वधारका संरचनाहरूकाे समेत अभाव रहेको कार्यालय प्रमुखले बताएका हुन।
कार्यालय प्रमुख कार्यभार सम्हाले देखि केहि दिन यता काठ दाउराकाे चाेरी निकासीमा कमि आएको देखिएको छ।


सव डिभिजन वन कार्यालय जंगलसहियाका कार्यालय प्रमुख चाैधरीका अनुसार आफू आएको राैतहटमा लग भग सात बर्ष भए पनि जंगलसहियामा आएको तीन महिना बितिदैमा बिभिन्न समस्या हुदाहुदै वन क्षेत्रमा हुने विभिन्न किसिमको अबैध काठ तस्करी चाेरी निकाशी गिट्टी बालुवा उत्खनन जस्ता कार्यहरूमा कमी आएको स्थानीयहरूले बताएका छन ।
यस कार्यालयकाे कार्य क्षेत्र अधिक क्षेत्रफलमा फैलिएर रहेको हुनाले विभिन्न समस्या तथा चुनाैतिहरूकाे समाना गर्नु पर्ने अवस्था रहेको वहाले बताउनु भएको छ।
उद्धारणका लागि पुर्वमा चाेचानहर देखि पश्चिममा भैसहि हिमालिबाँस उतरी भेगमा महेन्द्रराजमार्ग देखि पशुपतिटाेल सम्म गरी दक्षिणी भेगको लामो क्षेत्रफल भएको हुदा धेरै चाेरी निकासी बाटाे भएको हुदा र जनशक्ति कम भएको हुदा चाहे जतिको चाेरी निकासी नियन्त्रण गर्न नसकेको वहाले दुख व्यक्त गर्नु भएको छ।
वहाले पत्रकारहरू संग संक्षिप्त कुरा कानि गर्दै – यस कार्यालय द्वारा आफुले सके जतिको विभिन्न कार्यक्रमहरू गरी प्रदेश हरित कार्यक्रम अन्तर्गत “हरियो बन नेपालकाे धन, बिरुवा लगाऔ हरियाली बढाऔ” भन्ने नाराका साथ आफ्नो कार्य क्षेत्रकाे हुलाकी तथा मुख्य सडकको दुबै किनारमा पशुपति टाेल देखि शसस्त्र बेश क्याम्प सम्म, जंगलसहिया देखि लालबकैया सम्म, कटहरीया न.पा अन्तर्गगत जमुनिया देखि बिर्ति प्रस्टाेका सम्म, गुजारा न.पाकाे परसवा देखि उचिडिह सम्म गरि जम्मा ६ किलोमिटर राेड साईड प्लान्टेसन गरिएको बताउनु भएको छ साथै फतुवा विजयपुर न.पाकाे वडा नं ११ राङ्गि बाेटवामा नदि वास तारवार सहितको साेह्र हेक्टर जग्गामा बृक्षाराेपन भएको जानकारी गराउनु भएको छ।
वन तथा वनजन्य वस्तुहरूकाे अनियन्त्रित परियाेगले पर्न जाने विभिन्न समस्याहरूकाे समाधानका लागि सम्पुर्ण उपभोक्ता सेवाग्राहि नगरवासी लगाएत सम्पुर्ण सर्वसाधारणहरूमा वन एन अनुसारको काठ दाउरा गिट्टी बालुवा लगाएत वनजन्य बस्तुहरूकाे सहि सदुपयोग गर्न, जथाभावी चाेरी निकासी बन्द गर्न तथा वन अतिक्रमण कार्यमा राेक लगाउन सम्पुर्ण सर्व सधारणकाे साथ र सहयोगकाे लागि अपिल गर्नु भएको छ साथै यश कार्यालयमा बिभिन्न जातका बिरूवाहरू उपलब्ध रहेकोले नि:शुल्क रूपमा लगी आ आफ्नो खेतबारीमा बृक्षाराेपन गरि आयश्राेतमा बृद्धी गरि स्वच्छ वतावरण निर्माणमा सघाउ पुर्याउन आग्रह समेत गर्नु भएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*