आरएन पटेल । भदौ ३० गते ।
माधव नारायण न.पा.-१ दिपहीमा समाजवादी युवा संघ रौतहटको वडा स्तरिय भेला सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी युवा संघ रौतहटको माधव नारायण न.पा.-१ दिपहीमा वडा स्तरीय युवा भेला भव्य रुपमा सम्पन्न भएको छ ।
युवा संघको नगर सचीव कृष्ण चौधरीको अध्यक्षता सम्पन्न भेलाबाट प्रदिप यादवको अध्यक्षतामा माधव नारायण न.पा.-१ दिपहीमा २१ सदस्यीय वडा समिति गठन गरिएको छ ।
आज एक कार्यक्रमका बिच माधव नारायण न. पा.- १ दिपहीमा समाजवादी युवा संघ रौतहट जिल्ला कार्य समिति द्वारा आयोजित कार्यक्रममा उक्त २१ सदस्यीय वडा समिति गठन गरिएको हो । नव गठित युवा संघको वडा समितिका अध्यक्ष प्रदिप यादव, उपा अध्यक्ष विशाल साह, राम नारायण साह, सचिव रमेश यादव ,स सचिव राम निवास यादव, सोनम राम , कोषा अध्यक्ष मुकेश यादव, सदस्य चन्द्रकान्त झा, ललन राय, जयराम कुमार राम, सुबोध पसवान, राजन राम , नितेस राम, राहुल साह, अनोज कुमार यादव, पिन्टु यादव, गुडु जयसवाल, विनोद महतो, विकी यादव , राजा यादव लगायत २१ सदस्यीय वडा समिति गठन गरिएको छ ।
कार्यक्रममा केन्द्रिय सदस्य चुलाही राय यादव , रौतहट शाखाका जिल्ला अध्यक्ष श्याम बिहारी यादव , पुर्व मेयर बिरेन्द्र यादव , नेता तथा कार्याकर्ताहरुको उपस्थिति रहेको थियो ।