Breaking News
बाैधिमाईका मेयर यादवले बिना सुचना घर टहरा भत्काउने कार्यले स्थानीयहरू आक्रोशित ।

बाैधिमाईका मेयर यादवले बिना सुचना घर टहरा भत्काउने कार्यले स्थानीयहरू आक्रोशित ।

आरएन पटेल
रौतहट, असाेज ७ गते ।
बाैधिमाईका मेयर यादवले बिना सुचना घर टहरा भत्काउने कार्यले स्थानीयहरू आक्रोशित भएका छन । नगर प्रमुख प्रदिप कुमार यादवले नगरपालिका अन्तर्गत मुख्य सडक अतिक्रमण गरि बनाइएका अनाधीकृत संरचना भत्काउने अभियानको थालनी गरे संगै स्थानीयहरु आक्रोशित भएका छन ।

बिहीबार देखि वडा नम्बर १ बौधा-अजगैबीबाट सुरुआत भएको यो अभियान वडा नम्बर ९ सम्म संचालन हुने मेयर यादवले बताएका छन । वडा नं १ बाट सुरु भएको अभियानको सुरुमै स्थानीयहरू विरोधमा उत्रिएका छन् ।

नगर कार्यपालिकाका निर्णयानुसार सार्वजनिक सडक किनारमा ओगटी राखिएको गाई वस्तु खाने नाद खुट्टा, गवर गुईठा परालको खात तथा अन्य निर्माण सामाग्रीहरू यथाशिध हटाई आवत जावतमा सहजीकरण गर्ने सूचना प्रकाशन भएको थियो । तर विना सुचनाको नगर प्रमुख यादवले घरको वाल भत्काउन लागेपछि स्थानीय आक्रोशित भएको हो । नियम अनुसार घर भत्काउनु भन्दा पहिला घर धनीलाई सात दिनको सुचना मार्फत जानकारी दिनु पर्छ तर विना सुचनाको हिटलर शैलीमा मेयर यादवले घर भत्काउन लागेको स्थानीय रामबाबु साहले बताए ।
शनिबार विहान विना सुचनाको घर भत्काउने क्रममा स्थानीय पिडित द्वारा विरोध भए पछि सोही दिन करिब ११ बजेको समयमा नगर भित्र रहेको मुल वाटो २८ (अठाईस फिट) वाटो कायम गरिएको सूचना टाँस गरिएको थियो ।
उक्त सुचनामा सोही दिन ४ गते देखी लागु हुने गरी पक्की घर, प्रखाल वाटोको मापदण्ड भित्रमा परेको संरचना सात दिन भित्रमा हटाउन सूचना टाँस गरे पछि नगर प्रमुख यादवले सात दिन न वित्दा सो सुचनालाई अटेरी गरी दोस्रो दिन शुक्रबार पनि घर भत्काउन लागेको स्थानीयहरूको अरोप छ ।
याे भन्दा पहिला नाप जाँच भई नाला पनि निर्माण भएका थियो र पुर्व जनप्रतिनिधिहरू जस्तै वडा अध्यक्ष र मेयर साहब नापी शाखाका अमिन र प्राईभेट अमिन बाेलाएर तीन चार पटक नापी भएको थिए त्यसमा कतै परेका थिएन्न ।

अहिले नगर प्रमुख यादवले बिना सुचनाकाे बल जबकि ३५ दिन म्याद हुन्छ १५ दिन हुन्छ त्यस्ता जानकारी नगराई चित नबुझाई हामि केही दिनको महाेलत मागे पनि त्यस्ता केही हुदैन भन्दै तानाशाह शैलीमा यादव समुदायको युवाहरू लाई बाेलाएर ताेड फाेड गर्न लगाई अरूको घर माटोको र तिम्रो साेनाकाे हाे त्यसताे हुदैन र केहि सर समानहरू पनि लुटपिट गरिएकाे हाे र कुनै कानुनि प्रक्रिया यस्तो बिना सुचनाकाे ताेड फाेड गर्न गलत रहेकोले सम्बन्धि निकाय संग त्यसता तानाशाह जन प्रतिनिधिहरू कानुनी दायरामा ल्यान स्थानीय रामबाबू साहले अनुराेध गरे।

हामी धेरै पिडित ब्यक्ति छु मेराे काका ७८ बर्षका मेरो काकाले जुन घर भत्काउनु भएको त्यसै घरमा बसाेबास गर्दै आईरहेको थिए पहिला कति पटक पुर्व सडक बिभागले पनि नापी नक्साकाे अधारमा नापि गरेका थिए त्यसमा परेन
र कुनै किसिमका जानकारी हामीलाई नगराई जमिनको मुअबजा न मिलेकाे र किता काट्ट पनि मेरो जमिनमा नभएको आफ्ना जमिनमा घरबनाई बसाेबास गर्दै आईरहेकाे भए पनि मेरो काका लाई छाेरा छारी नभएकोले हामी ७८ बर्षकाे उमेर वहाकाे उमेर भएको र वहाकाे खुट्टा पाँच टुक्रा भए तापनि कर्जा सापटी लिई काकालाई अगाडि बढाएकाे छु किनकि हामीहरूकाे नाम हुन्छ ।
तर नगर प्रमुख यादवले पार्टीको कार्यकर्ताकाे ईसारामा हामी घरमा न भएको बेला डाेजर बाेलाई घर लाई भत्काउनु भयो अब कहाँ बसाेबास गर्छ मेराे काका रघुनाथ राय बृद्धअबश्थामा हामिहरूलाई बसाेबास गर्न कुनै सुबिधा साधन छैन । र मेराे घर भन्दा पुर्व साईडमा ५६ फिट सार्वजनिक जग्गा रहेको छ २१ सालकाे नापि अनुसार , त्यसपछिकाे नापी अनुसार २८ फिट त्यसमा पनि १ ईन्च परेन तापनि मेयर यादवले आफ्नो मनाेपरि ढंगले बल प्रयाेग गरि घर लाई भत्काउने गरेको स्थानीय रामसाेगरथ राय यादवले आफ्नो दुखेसो पाेखेका छन।
त्यसतै लालबाबु यादवकाे वाल सडकमा ३” देखि ४” ईन्च सम्म बाटाेमा भएकोले नगर प्रमुख यादवले आफै नाप जाँच गर्दा भन्नू भयाे कि याे कदापि टुटदैन तर केही व्यक्तिले उस्काउदा एक दिनकाे पनी समय मिल्दैन भन्दै डाेजर लगाएर भौतिक संरचनाहरु भत्काउने गरेको कार्यले स्थानीयहरू मारमा परेका छन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*