आरएन पटेल, असोज १३ गते ।
समाजवादी युवा संघ र बिधार्थी संगठनको संयुक्त बिस्तारित बैठक गौरमा सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघ र समाजवादी बिधार्थी यूनियनको संयुक्त बिस्तारित बैठक रौतहटको गौरमा सम्पन्न भएको छ ।
जिल्लाको सदरमुकाम गौर स्थित बार एसोसिएशनको सभा हलमा समाजवादी युवा संघ र समाजवादी बिधार्थी यूनियनको संयुक्त आयोजकत्वमा सम्पन्न कार्यक्रममा जसपा नेपालको संघीय लोकतान्त्रिक समजवादको विचार धारालाई देश तथा मधेश प्रदेशका सम्पूर्ण जिल्लाहरुमा लैजाने प्रमुख उदेश्यका साथ अगाडी बढाउने बारे चर्चा गरिएको थियो ।
कार्यक्रम समाजवादी युवा संघको रौतहट जिल्ला अध्यक्ष पुन प्रताप पटेलको अध्यक्षता तथा जसपा नेपालको केन्द्रीय सदस्य तथा राजनीतिक समिति सदस्य पूर्व प्रदेश सभा सदस्य रामकिशोर प्रसाद यादवको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि मधेश प्रदेश सरकारको पूर्व गृह मन्त्री ज्ञानेन्द्र यादव, पूर्व कृषी राज्य मन्त्री योगेन्द्र राय यादव, प्रदेश सभा सदस्य शोभा देवी, केन्द्रीय सल्लाहकार विश्वनाथ पटेल अतिथि समाजवादी युवा संघको केन्द्रीय महासचिव दिलीप कुमार पटेल, मधेश प्रदेश सरकारको मुख्यमंत्रीको स्वकीय सचिव चन्देश्वर महतो, जसपा नेपालको रौतहट जिल्ला अध्यक्ष श्यामबिहारी यादव लगायत पार्टीका नेतागण, युवा संघका सदस्यगण, विद्यार्थी नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।