Breaking News
डिभिजन वन कार्यालय रौतहटमा विभिन्न समस्या सम्बन्धी सरोकारवालाहरूको बैठक सम्पन्न ।

डिभिजन वन कार्यालय रौतहटमा विभिन्न समस्या सम्बन्धी सरोकारवालाहरूको बैठक सम्पन्न ।

आरएन पटेल । असोज २९ गते

डिभिजन वन कार्यालय रौतहटमा वन सम्बन्धी विभिन्न समस्याहरु बारे सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ । वन अतिक्रमण, चोरी निकासि, आगलागि नियन्त्रण सम्बन्धि सरोकारवालाहरूको बैठक डिभिजन वन कार्यालय रौतहटका डिभिजन वन अधिकृत शैलेन्द्र कुमार मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।

डिभिजन वन कार्यालय रौतहटको आयोजकत्वमा सम्पन्न कार्यक्रम डिभिजन वन कार्यालयको तालिम हल चन्द्रनिगाहपुर सम्पन्न भएको हो । कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटको आ.ब. २०८०/०८१ को वार्षिक कार्यक्रम अन्तर्गतको “वन अतिक्रमण, वन पैदावार चोरी निकासी नियन्त्रण, आगलागि नियन्त्रण सम्बन्धी सरोकारवालाहरुसंग छलफल गरि मनाईएको छ । कार्यक्रममा वन अधिकृत मिश्रले हिन्दुहरुको महान पर्व बिजयादशमी, शुभ दीपावली तथा आउदै गरेको छठ पर्वको शुभकामना संचारकर्मीहरुसंग साटासाट गरेका छन । साथै उहाँले वन कार्यालयको लागि याे बर्ष २०८० साल धेरै चाएलेन्जिङ बर्ष रहेको बताउनु भएको छ । साथै वन क्षेत्रमा हुने गरेका वन अतिक्रमण, वन पैदावार चोरी निकासी, आगलागि जस्ता विभिन्न समस्याहरुलाई हामी सबैले हातेमालो गरेर सहयोग गरि वन सम्बन्धी उत्तपन्न हुने धेरै जसो समस्याहरुलाई समाधान गर्न सकिने भएको हुदा सबै मिली त्यस्ता समस्याहरुलाई नियन्त्रणमा सहयोग पुर्याउन उहाँले संचारकर्मीहरुलाई अनुरोध गरेका छन ।

कार्यक्रममा गैड़ाटार सब डिभिजन वन कार्यालयका वन अधिकृत बिमल कुमार ठाकुर, डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत महालक्ष्मी शर्मा, वन अधिकृत राजेश शाह, अधिकृत मधुकान्त प्रसाद सिंह, नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य शैलेन्द्र झा, पत्रकार शिवपुरी, संजय कार्की, मनोज कुमार साह, दिपेश पौडेल, रौशन कुमार चौधरी, आरएन पटेल, रूपेश यादव, सरोज मिश्र, हनुमत कुमार यादव, सुमित कुमार यादव, बिना राउत, रणधीर साह,रमेश कुमार यादव लगायत जिल्लाका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*