Breaking News
रौतहटमा जसपाको बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न,नेकपा एसका भावी मेयर प्रत्यासी पटेल जसपामा प्रवेश ।

रौतहटमा जसपाको बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न,नेकपा एसका भावी मेयर प्रत्यासी पटेल जसपामा प्रवेश ।

आरएन पटेल, कार्तिक १८ गते ।
रौतहटमा जसपा नेपालले बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको देवाही गोनाही नगरपालिकाको प्रेमपुर गोनाही बजारमा जनता समाजवादी पार्टी नेपालको शुभकामना आदानप्रदान, संगठन विस्तार संगै बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । जसपा नेपाल रौतहट जिल्ला कार्य समितिको आयोजकत्वमा सम्पन्न बृहत पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा जसपा नेपालमा पार्टी प्रवेश गरेका छन ।

देवाही गोनाही नगरपालिकाका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका मेयर प्रत्यासी धर्मेन्द्र प्रसाद पटेल जनता समाजवादी पार्टी (जसपामा ) प्रवेश गरेका छन । उनका साथै बौधिमाई नगरपालिका वडा नं. २ इनर्वाका समाजसेवी बिरेन्द्र प्रसाद पटेल, देवाही गोनाही नपाका अनिल पटेल लगायत माओवादी, नेकपा एस तथा विभिन्न पार्टी परित्याग गरि जसपामा प्रवेश गर्नेहरुको लहर लागेको देखिएको छ । कार्यक्रमका प्रमुख अतिथि जसपाका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादव तथा विशिष्ट अतिथि मधेश प्रदेशका मुख्यमंत्री सरोज कुमार यादवले नव प्रवेशीहरुलाई माला र टिका लगाई जनता समाजवादी पार्टी नेपालमा प्रवेश गराएका हुन ।

जसपा नेपाल रौतहटको जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षता सम्पन्न शुभकामना आदानप्रदान, संगठन विस्तार संगै बृहत पार्टी प्रवेश कार्यक्रममा जसपाका शीर्ष नेताहरुले हिन्दू धर्मावलम्बीहरुको महान पर्व बितेको बिजयादशमी, आउँदै गरेको शुभ दिपावली तथा लोक आस्थाको पर्व छठ पर्वको शुभकामना सहित नव प्रवेशी साथीहरुलाई अग्रिम कार्यकाल सफलता शुभकामना व्यक्त गरेका छन । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा राजनीति समिति सदस्य एवं रौतहट क्षेत्र नं. २ ‘ख’ को पूर्व प्रदेश सभा सदस्य रामकिशोर यादव उर्फ किशोरी यादवले नव प्रवेशीहरुलाई गमछा ओढ़ाएर सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।

कार्यक्रममा मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री मो.अब्दुल कलाम आजाद उर्फ फुलबाबू, पूर्व मन्त्री गोविन्द चौधरी,पूर्व कृषि राज्यमंत्री योगेन्द्र यादव, केन्द्रीय सदस्य विन्देश्वर यादव, केन्द्रीय सल्लाहकार बिश्वनाथ पटेल, केन्द्रीय सदस्य किरण ठाकुर, प्रदेश सदस्य तथा बौधिमाई नगरपालिकाको पूर्व नगर प्रमुख राजीव रंजन यादव, माधव नारायण नगरपालिकाका पूर्व नगर प्रमुख बिरेन्द्र यादव, समाजवादी युवा संघको केन्द्रीय महासचिव दिलीप कुमार पटेल उर्फ राजकिशोर पटेल, प्रदेश सदस्य मो. कलाम, प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनवर हासमी, सर्लाही जिल्ला इन्चार्ज रामअशीष राय यादव, केन्द्रीय परिषद सदस्य दिनेश यादव, जिल्ला कोषाध्यक्ष बृज मोहन साह, युवा संघको जिल्ला अध्यक्ष पुन प्रताप पटेल, राज नारायण साह, विद्यार्थी यूनियनको सचिव ललन यादव लगायत पार्टीका नेता कार्यकर्ता, सञ्चारकर्मी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*