Breaking News
युवा नेता यादवद्वारा शिवनगर धर्मशाला निर्माणमा २५ बोरा सिमेन्ट सहयोग।

युवा नेता यादवद्वारा शिवनगर धर्मशाला निर्माणमा २५ बोरा सिमेन्ट सहयोग।

आरएन पटेल । चैत्र २८ गते ।
रौतहटको शिवनगरधाममा निर्माण भइरहेको धर्मशालामा सहयोग वापत युवा नेता विवेक कुमार यादवले २५ बोरा सीमेन्ट सहयोग गरेका छन ।


जिल्लाको मध्य भागमा अवस्थित गरुडा नगरपालिका अन्तर्गत पर्ने महादेव स्थान शिवनगरधाममा निर्माणाधीन अवस्थामा रहेको ग्वाला धर्मशाला निर्माणमा बौधिमाई नगरपालिका वडा नं. ५ कोपवा निवासी जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा बाैधीमाई नपा ५ काेपवाका वडा प्रत्यासी विवेक कुमार यादवले २५ बाेरा सिमेन्ट सहयाेग गरेका छन् ।

जिल्लाको मुख्य धार्मिक स्थलहरु मध्ये एक पर्ने महादेव स्थान शिवनगरधाममा प्रत्येक वर्ष फाल्गुन त्रयोदशी ( शिवरात्रि ) मा गृह जिल्ला लगायत विभिन्नआसपासका जिल्लाहरुको बोलबम काँवरिया संघद्वारा भव्य मेला लाग्ने गर्दछ । मेलामा सहभागि हुने रौतहटको तेजापाकड, पोखरिया, बसन्तपट्टी, कोपवा, भेडियाही गाउँ लगायतका बोलबम कवरीयाहरुले मेला अवधिमा बास बस्न असहज हुने हुँदा धर्मशाला निर्माण गर्न लागेको बताईएको छ ।

बोलबम काँवरिया संघद्वारा निर्माण भइरहेको उक्त कार्यको सराहना गर्दै निर्माणाधीन अवस्थामा रहेको उक्त ग्वाला धर्मशालाको निर्माण कार्य छिटै सम्पन्नताको शुभकामना दिदै थप सहयोग वापत उक्त सामग्री सहयोग गरिएको उनले बताएका छन । साथै उनले “सेवा नै धर्म हो” भन्ने भनाईको अवधारणा राख्दै बोलबम काँवरिया संघले चालको उक्त कदममा सक्दो सहयोगको लागि सम्पूर्णमा अपिल समेत गरेका छन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*