आरएन पटेल, चैत्र ३ गते ।
रौतहटको उत्तरी भेग गुजरा नगरपालिकामा समाजवादी युवा संघको नगर स्तरीय युवा भेला सम्पन्न भएको छ । सम्पन्न भेलाबाट २१ सदस्यीय समाजवादी युवा संघको गुजरा नगर कमिटि गठन गरिएको हो । नगरपालिकाको परसवा मनहर्वामा समाजवादी युवा संघको उक्त नगर कमिटि गठन गरिएको हो ।

जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघ जिल्ला कमिटी रौतहटको आयोजनामा शनिवार गुजरा नपामा नगर स्तरीय युवा भेला तथा नगर कमिटी गठन कार्य जिल्ला अध्यक्ष पुन प्रताप पटेलको अध्यक्षता सम्पन्न भेलाबाट बिन्देलाल चौधरीको अध्यक्षतामा उक्त २१ सदस्यीय नगर कमिटि गठन गरिएको छ ।

नव गठित समाजवादी युवा संघको गुजरा नगर कमिटिको सम्पूर्ण पदाधिकारीहरुलाई हिन्दू धर्मावलम्बीहरुको रंग,अबिर तथा सद्भावको पर्व होलीको शुभ अवसरमा कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालको केन्द्रिय सदस्य एवं गुजरा नगरपालिकाको नगर प्रमुख सन्तलाल चौधरीले नव गठित युवा संघ गुजरा नगर कमिटिको सम्पूर्ण पदाधिकारिहरुमा कार्यकाल सफलताको लागि शुभकामना दिनु भएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि जसपा नेपालका केन्द्रिय सदस्य रामाआश्रे चौधरी, अतिथि समाजवादी युवा संघ मधेश प्रदेश समिति सदस्य एवं रौतहट जिल्ला ईन्चार्ज संजिप यादव, मधेस प्रदेश समिति सदस्य एवं रौतहट जिल्ला सचिव तपसी यादव, जिल्ला उपाध्यक्ष बलिराम चौधरी, कोषाध्यक्ष दिपेन्द्र यादव लगायत पार्टीका नेता कार्यकर्ता, सञ्चारकर्मी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।
Sthaniya News
