Breaking News
पूर्व मेयर यादवद्वारा बौधिमाईमा सामुदायिक भवन तथा परोहामा रामजान्की मठको शिलान्यास सम्पन्न । 

पूर्व मेयर यादवद्वारा बौधिमाईमा सामुदायिक भवन तथा परोहामा रामजान्की मठको शिलान्यास सम्पन्न । 

रौतहट, बैशाख ५ गते ।

बौधिमाई नगरपालिकामा सामुदायिक भवनको शिलान्यास गरिएको छ । विवाह र विभिन्न उत्सवका लागि सुविधायुक्त ठाउँको आभाव भएपछि सामुदायिक भवन निर्माण गर्नको लागि शिलान्यास गरिको हो ।

बौधिमाई नगरपालिका – ३ मटिअर्वामा  मधेश प्रदेश सरकारको बजेटबाट  बौधिमाई नगरपालिकाको पुर्व नगर प्रमुख राजिव रन्जन उर्फ राजु यादवद्वारा सामुदायिक भवनको शिलान्यास गरिएको  हो।

बौधिमाई नगरपालिकाको पुर्व नगर प्रमुख राजिव रन्जन उर्फ राजु यादवले स्थानीयहरुलाई विवाह, ब्रतबन्ध लगायतका उत्सवमा सुविधायुक्त भवनको आभाव भइरहेको महसूस गरि आफ्नो बिशेष पहलमा मधेश प्रदेश सरकारको  बजेटबाट भवन निर्माण गराउन लागेको बताए।

रौतहटको परोहा नगरपालिका -३ तेजापाकडमा  रामजान्की मठको भवन अति आवस्यकता रहेकोले प्रदेश सरकारको बजेटबाट बौधिमाई नगरपालिकाको पुर्व नगर प्रमुख राजिव रन्जन उर्फ राजु यादवले कार्यक्रम बीच रामजान्की मठको भवन आज शिलान्यास गर्नु भएको छ ।

शिक्षा तथा समाज कल्याण मंत्रालय, मधेश प्रदेश सरकारको ३० ( तीस) लाखको   बजेटबाट बौधिमाई नगरपालिका  सामुदायिक भवन निर्माण कार्य वडा नं. ३मटिअर्वा तथा

प्रदेश सरकारको १५ लाखको बजेटबाट परोहा नगरपालिका -३ तेजापाकडमा  रामजान्की मठको भवन  शिलान्यास गरिएको पुर्व नगर प्रमुख राजिव रन्जन उर्फ राजु यादवले बताएका छन् ।

सो शिलान्यास कार्यक्रममा युवा नेता तथा युवा समाजवादीको केन्द्रिय महासचिव दिलिप पटेल , वडा अध्यक्ष  मणिभुसन साह , नरेन्द्र कुशवाहा , पुर्व वडा अध्यक्ष हिर्देनारायण यादव ,युवा नेता मोतिम हासमी , लखिन्द्र कुशवाहा , भिम सिंह , झुनु सिंह , पार्टीका कार्याकर्ता तथा नेतागणहरुको उपस्थिति रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*