आरएन पटेल, जेष्ठ ५ गते ।
रौतहटको बौधिमाई नगरपालिका – १ अजगैबी बौधामा RCC सड़क ढलानको शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजन गरि रौतहटको बौधिमाई नपा-१ देखी पथरा जाने बाटो सड़क स्त्तरोउन्नति कार्य नामको योजनाको शिलान्यास गरिएको हो ।

नगरपालिकाको वडा नं. – १ अजगैबी बौधामा पूर्व मेयर यादवको बिशेष पहलमा मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालयको योजना तथा पूर्वाधार बिकास कार्यालय रौतहटबाट कार्यान्वयन भएको बजेटबाट बौधिमाई नगरपालिकाको पुर्व नगर प्रमुख राजिव रन्जन उर्फ राजु यादवद्वारा उक्त RCC सड़क ढलान कार्यको शिलान्यास गरिएको हो । वडा नं.१ बौधा टोलबाट पश्चिम दक्षिण पर्ने पथरा टोलमा आवत जावत गर्न सर्वसाधारणहरुलाई असजिलो भइरहेको अवस्थामा उक्त सडकको निर्माण कार्यमा जोड़ दिइएको पूर्व मेयर यादवले बताएका हुन ।

सो शिलान्यास कार्यक्रममा बौधिमाई नपा वडा नं. १ को वडा अध्यक्ष रामजोधी राउत कुर्मी ,वडा नं. ७ का वडा अध्यक्ष नरेन्द्र प्रसाद कुशवाहा , पुर्व वडा अध्यक्ष हिर्देनारायण यादव ,युवा नेता मोतिम हासमी , जसपाको नगर सचिव रामाकान्त पटेल , गजाधर राय यादव, सियाराम पटेल लगायत पार्टीका कार्याकर्ता तथा नेतागणहरुको उपस्थिति रहेको थियो ।

Sthaniya News
