Breaking News
गरुडामा नेकपा एमालेको जनवर्गिय संगठन सुदृढ़ीकरण,परिचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

गरुडामा नेकपा एमालेको जनवर्गिय संगठन सुदृढ़ीकरण,परिचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

आरएन पटेल ।
रौतहट,भाद्र २४ गते ।
रौतहटको गरुडामा नेकपा एमालेको जनवर्गिय संगठन सुदृढ़ीकरण एवं परिचालन गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार जिल्लाको गरुडा स्थित नेकपा एमालेको पार्टी कार्यलयमा पार्टीको जिल्ला उपाध्यक्ष एवम् जनसंगठन समन्वय संयन्त्र प्रमुख क.रुपेश पटेलको अध्यक्षतामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको संगठनहरुलाई सुदृढीकरण एवं परिचालन गर्नका लागि पार्टीको जिल्ला इन्चार्ज क.अजय कुमार गुप्ताको प्रमुख आतिथ्य मध्य रौतहटको गरुडा नगरपालिका नेकपा एमालेको पार्टी कार्यालय गरुडामा उक्त कार्यक्रम सम्पन्न भएको जिल्ला उपाध्यक्ष रूपेश पटेलले बताएका छन ।
संगठनहरुलाई सुदृढीकरण एवं परिचालन गर्न तथा बाकी रहेका अधिवेशन गर्न निर्देशन एवं केन्द्रिय कार्यशालामा सहभागी हुने जस्ता विभिन्न कार्यहरु तथा संगठन सुदृढीकरण लगायतका कार्यहरु गरेर पार्टी सम्बन्धी विभिन्न आवश्यक कागजात उपलब्ध गराउन निर्णय गरिएको बताउनु भएको छ ।
कार्यक्रममा केन्द्रिय ले.आ.सदस्य क.राजकिशोर प्रसाद यादव , पार्टी जिल्ला अध्यक्ष क.सचितानन्द साह , सचिब क.बाबुराम दहालको आतिथ्य तथा पार्टीमा आबद्ध विभिन्न जनसंगठनका केन्द्रिय सदस्यहरु,जिल्ला अध्यक्षहरुको उपस्तिथिमा बैठक बसेको उपाध्यक्ष रूपेश पटेलले जानकारी गराएका हुन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*