Breaking News
श्री मा वि कर्कच गूठ्ठीको अध्यक्षमा इश्वरिलाल यादव चयन ।

श्री मा वि कर्कच गूठ्ठीको अध्यक्षमा इश्वरिलाल यादव चयन ।

रौतहट ।
असोज ०२ गते ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कच स्थित रहेको श्री माध्यमिक विद्यालय कर्कच गूठीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसहमत रूपमा इश्वरिलाल यादव चयन भएका छन् ।


बितेको भदौ २८ गते विद्यालय व्यवस्थापन समितिको सदस्यको लागि भएको निर्वाचनबाट विजयी भएका हरिन्द्र साह कानु सहितको समूहले आज बुधबार नवनिर्वाचित सदस्यहरूमध्ये बाट ज्येष्ठ सदस्य किशोरीप्रसाद कुर्मीको अध्यक्षतामा बैठक बसेको थियो । बैठकबाट शिक्षा ऎन २०२८ को दफा १२ को उपदफा २ को `ख´ बमोजिम एक जना महिला सहित दुई सदस्य नियुक्त गरिएको विद्यालयको प्रधानाध्यापक पवन पंडितले बताएका छन् । उनका अनुसार आज बसेको बैठकबाट सबै सदस्यहरुको सहमतिमा इश्वरीलाल यादवलाई अध्यक्ष पदमा चयन गरेको विद्यालयका प्रधानाध्यापक पंडितले बताए ।


विद्यालय व्यवस्थापन समितिमा चयन हुने सबै समितिहरुलाई अगामी असोज ६ गते आइतबार सम्मान गरिने कार्यक्रम रहेको प्रधानाध्यापक पंडितले बताएका छन् । कार्यक्रममा देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह , वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु दास, वडा नम्बर ५ का वडा अध्यक्ष उपेन्द्र साह, वडा सदस्य उमेश महतो लगायत स्थानीयहरु शिक्षाप्रेमीहरूको उपस्थिति रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*