रौतहट ।
असाेज ३ गते ।
रौतहटमा संविधान दिवसको अवसर पारेर नेपाली कांग्रेसको बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन भएको छ ।
रौतहट क्षेत्र नम्बर ४ का क्षेत्रीय कार्य समिति द्वारा बृन्दावन नगरपालिकाको बिश्रामपुरमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सो कार्यक्रम सम्पन भएको हो।
बृन्दावन नगरपालिकाका पुर्व मेयर राम स्नेही राय यादवको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख आतिथिको रुपमा रौतहट क्षेत्र नम्बर ४ का संघीय सांसद देवप्रसाद तिमल्सिना रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संघीय सांसद देव प्रसाद तिमिल्सिनाले नेपाली कांग्रेस ईतिहास बोकेका पार्टी भएकोले कांग्रेसकै नेतृत्वमा ठुलठुला परिवर्तन भएको र कांग्रेस बिनाको देश परिकल्पना गर्न सकिदैन भन्नू भयो ।
कम्युनिष्टहरुले जनतालाई झुक्याई २०६४ सालको चुनावमा दुई तिहाई बहुमत ल्याएपनि संबिधान बनाउन्न असफल भएको कुरा जगजाहेर नै रहेको बताउनु भयो ।
बहुमत हुदाँ हुदैं पनि संबिधान बनाउन्न नस्कने यी कम्युनिष्टहरुलाई २०७० सालमा यहाँका महान जनताले बहिस्कार गरी कांग्रेस पुर्णः बहुमत दिएर ठुलो पार्टी बनायो र त्यही पार्टीबाट प्रधानमन्त्री शुसिल कोईराला भयो र नेपालको अन्तरिम संबिधान २०७२ लागु भयो वहाँले भने ।
सांसद तिमिल्सिनाले उपेन्द्र यादव प्रति लक्ष्ति गर्दै भन्नु भयो मधेशबादीका केही नेताले यहीँ संबिधानलाई टेकेर कयौपटक उपप्रधानमन्त्री भए र आज सत्ताबाट च्युत भएपछि संबिधानलाई नै अन्त्यष्टी गर्ने कार्य गर्दै आएकोमा आपत्ति जनाउनु भयो ।
वहाले २०८४ को चुनावमा स्थानिय तहको वडा देखि प्रदेश र केन्द्रको सबै पदमा नेपाली कांग्रेसकै उम्मेदवार जितनु पर्ने आवश्यक्ता रहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रमलाई समापन गर्दै वृन्दावन नगरपालिकाका पुर्व मेयर एवं रौतहट क्षेत्र नं.४ का क्षेत्रिय सभापति राम स्नेही राय यादवले अहिलेका मेयरले जनतालाई हेरी हेरी काम गरिरहेको आरोप लगाउनु भयो ।
वर्तामन मेयरले कार्यकर्ता पालनपोसना ब्यस्त भएपछि नगरको बिकाश निर्माणका कार्यहरु प्रभावित भएको बताए।
यादवले पार्टीका केही कार्यकर्ताहरुले पार्टी भित्रको विवादलाई लियर अरु पार्टी संग साटघाट नगर्न सबै संग आग्रह गर्नु भयो ।
वहाँले पार्टी भित्रका विबाद पार्टी भित्रै बसेर छलफको माध्यमले समाधन गर्नु पर्ने बताए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेको छ ।
कार्यक्रममा स्वागत मन्तब्य पार्टीका नेता निलहरी कोईरालाले राख्नु भएको थियो भने कार्यक्रको संचालन बच्चु साहले गर्नु भएको थियो ।
साे कार्यक्रममा नेपाली काँग्रेसका अगुवा नेता कार्यकर्ता गाउँका भद्रभलादमी प्रहरी र पत्रकारहरूकाे उल्लेखनिय उपस्थिति रहेकाे युवा नेता मुकेशरंजन यादवले जानकारी गराएका छन।