Breaking News
गढिमाईमा एमालेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न।

गढिमाईमा एमालेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न।

रूपेश यादव, रौतहट ।
कार्तिक ०१ ,बिहीबार ।

रौतहट जिल्लाको गढिमाई नगरपालिकामा नेकपा (एमाले) द्वारा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सो कार्यक्रम बिहीबार वडा नम्बर ८ स्थित बिरनगराममा सम्पन्न भएको थियो, जसमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा स्थायी कमिटी सदस्य लिलानाथ श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रममा बोल्दै श्रेष्ठले नेकपा एमालेले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको दाबी गर्नुभयो। उहाँले नेपालको इतिहासमा कुनै पनि पार्टीले नगरेको काम एमालेले गरेको बताउनुभयो। रौतहटको गढिमाई क्षेत्रलाई एमालेको ऐतिहासिक लालकिल्लाका रूपमा व्याख्या गर्दै श्रेष्ठले आगामी उप-निर्वाचनमा पार्टीको तर्फबाट महिला उम्मेदवार जिउती देवीलाई विजयी गराउन नगरवासीलाई आग्रह गर्नुभयो। उहाँले महिला नेतृत्वलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो।

कार्यक्रम गढिमाई नगरपालिकाका नगर अध्यक्ष रामाकान्त यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। सोही क्रममा विगतका स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टीबाट निर्वाचित भएका वडा नम्बर ८ का वडा अध्यक्ष रामाज्ञा राय यादवको क्यान्सर रोगका कारण निधन भएपछि उप-निर्वाचनको तयारी भइरहेको बताइएको छ। उप-निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टीका महिला नेतृ जिउती देवी यादवको नेतृत्वमा दुई सयभन्दा बढी नेता तथा कार्यकर्ताले एमालेमा प्रवेश गरेका छन्।

पार्टी प्रवेशपछि नेतृ जिउती देवीले आफूले विगतदेखि नै गरीब, असहाय, र निमुखा जनताको पक्षमा आवाज उठाउँदै आएको बताउँदै, स्थानीयवासीसँग उप-निर्वाचनमा सहयोग गरेर आफूलाई विजयी गराउन आग्रह गरिन्। उनले जनताका लागि गरिने सेवामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा नेकपा एमालेका अन्य वरिष्ठ नेताहरूको पनि सहभागिता रहेको थियो। केन्द्रीय सदस्य कुण्डन कुशवाहा, रौतहट जिल्ला इन्चार्ज अजय गुप्ता, केन्द्रीय सदस्य उद्वब रेग्मी, केन्द्रीय सदस्य रेखा झा, तथा मधेस प्रदेश सचिव आरती भण्डारीलगायतका नेताहरूले कार्यक्रमलाई थप गरिमामय बनाएका थिए।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*