Breaking News
फतुवा बिजयपुर नगरपालिकाको ८ औं नगर सभाबाट ६० करोड़ ७७ लाखको बजेट विनियोजन ।

फतुवा बिजयपुर नगरपालिकाको ८ औं नगर सभाबाट ६० करोड़ ७७ लाखको बजेट विनियोजन ।

आरएन पटेल ।
रौतहट, कार्तिक ०३ गते ।
रौताहटको फतुवा बिजयपुर नगरपालिकाको ८ औं नगर सभा भब्यताका साथ सम्पन्न भएको छ । जिल्लाको उत्तर पश्चिमी भेगमा पर्ने फतुवा बिजयपुर नगरपालिकाले शनिबार पालिकाको सभाकक्षमा नगर सभा अधिवेशनको ८ औं बजेट अधिवेशन सम्पन्न गरेको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ६० करोड ७७ लाख ७ सय ९८ रुपैया बजेट विनियोजन गरेको हो । नगरसभाका अध्यक्ष एवं कार्यवाहक नगर प्रमुख अम्बेया खातुनकाे निर्देशानुसार पालिकाको दुधिअवा क्याम्पसका शिक्षक रंजन खरेलले यस आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । आर्थिक वर्षमा पुजीगत तर्फ २६ कराेड ४६ लाख ४६ हजार ७ सय १० रुपैया र चालुतर्फ ३४ कराेड ३० लाख ५४ हजार ८८ रुपैयाँ बराबरको बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेका छन ।

नगरसभा पश्चात नगरपालिकाले संघीय तथा प्रदेश सरकारबाट अख्तियारी प्राप्त हुने सामाजिक सुरक्षा, तराई मधेश सम्वृद्धि पर्यटन पूर्वाधार विकास आयोजना लगायत अन्य कार्यक्रमहरुको एकल खाता कोष प्रणाली मार्फत भुक्तानी हुने भएकाले प्रस्तुत बजेटमा उक्त कार्यक्रमहरुको श्रोत समावेश नगरिएको जानकारी गराइएको छ ।

नगरको समग्र विकासका लागि करिब ६० करोड ७८ लाख आय व्यय सहितको बजेट प्रस्तुत गरिएको हो । कार्यक्रमको शुभारम्भ सभा अध्यक्ष कार्यबाहक नगर प्रमुख खातूनको रोहबरमा विशिष्ट अतिथि जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयाेध्या राय यादव एवं प्रमुख अतिथि नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति तथा मधेस प्रदेश सरकारका नव नियुक्त अर्थमन्त्री माननीय सुनिल कुमार यादव उर्फ जितेन्द्र यादवद्वारा दिप प्रज्वलन गरी फिता काटेर पालिकाको ८ औं नगर सभाको उद्धघाटन गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै पालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार गुप्ताले सभामा उपस्थित सम्पूर्ण अतिथिहरुलाई शुभकामना दिदै नगर बिकासमा सम्पूर्ण जनप्रतिनिधि लगायत कर्मचारीहरुले अहम भूमिका निर्वाह गर्न अनुरोध गरेका छन ।
यस नगर सभाले नीति, कार्यक्रम एवं बजेट प्रस्तुत गर्दै पालिकाको चौतर्फी विकासको लागि शिक्षा, स्वास्थ्य, कृषि, सडक, उधोग, रोजगारी, लघुउधम, पशु सेवा, महिला तथा बालबालिका, अपाङ्ग, दलित, पिछडिएका वर्ग लगायत पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विशेष जोड़ दिइएको थियो ।

नगर सभाको बजेट अधिवेशन कार्यक्रममा अतिथिको रुपमा प्रदेश सभा सदस्य उमेदवार शेख सेराज, भावी मेयर पदका उम्मेदवार ज्ञानेन्द्र कुमार यादव, याेजना शाखा प्रमुख, सूचना अधिकारी हंसराज यादव लगाएत पालिकाको १ देखी ११ नम्बर सम्मको सम्पूर्ण वडाका वडा अध्यक्ष, वडा सदस्य, जनप्रतिनिधि, सम्पूर्ण कार्यपालिका सदस्य, पालिकाका कर्मचारीगण, विभिन्न राजनैतिक क्षेत्रका राजनीतिकर्मी, पार्टी प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, सुरक्षा निकायका पदाधिकारीहरु लगायत स्थानिय नगरवासीहरुको ठुलो जन सहभागीता रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*