रौतहट ।
कार्तिक ७ गते ।
रौतहट प्रहरीद्वारा विभिन्न मुद्दाका १७ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन । विभिन्न मुद्दामा जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयको फैसला भई कैद तथा जरिवानाको सजाय तोकिएकोमा फरार रहेका रौतहटका १७ जना प्रतिवादीहरु जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा पक्राउ परेका छन ।
रौतहट जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयको फैसला अनुसार अनुचित लेनदेन मुद्दामा २० हजार जरिवाना भएका रौतहट जिल्लाको गौर न.पा. – ३ बस्ने भागरथ प्रसाद साह, कुटपिट मुद्दामा २ सय २१ रुपैया ६७ पैसाका दरले गरुडा न.पा. ७ बस्ने रामदेव प्रसाद यादव, विरेन्द्र प्रसाद यादव, विन्देश्वर प्रसाद यादव, रामजिवन प्रसाद यादव, राम सुन्दर प्रसाद यादव, हृदयनारायण प्रसाद यादव, जितेन्द्र प्रसाद यादव, नविनचन्द्र प्रसाद यादव, सुनिल कुमार यादव, राम एकवाल यादव, रामजोधी राय यादव, सुरेन्द्र राय यादव, विसुनदयाल यादव तथा बिगो मुद्दामा १ हजार १ सय ४१ रुपैया जरिवाना भएका गरुडा न.पा. ६ बस्ने उतिम प्रसाद यादव, अभद्र व्यवहार मुद्दामा २ हजार ८ सय जरिवाना भएका चन्द्र न.पा. ५ बस्ने करण राय सहित सवारी अंगभंग मुद्दामा १ लाख ८० हजार रुपैया जरिवाना भएका गरुडा न.पा. १ बस्ने हरिचन्द्र राय यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटबाट जारी गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको हो ।

पक्राउ परेका उक्त प्रतिवादीहरु जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयको फैसला भई कैद तथा जरिवानाको सजाय तोकिएको विभिन्न मुद्दामा फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलिले उक्त व्यक्तिहरुलाई लुकिछिपि बसेको अवस्थाबाट खोज तलास गरी पक्राउ गरेका छन । पक्राउ परेका उक्त प्रतिवादीहरुलाई प्रहरीले जिल्ला अदालत गौर तथा जिल्ला प्रशासन कार्यालय रौतहटमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले जानकारी गराएका हुन ।
Sthaniya News
