Breaking News
फतुवा बिजयपुरकाे टेंग्राहा क्रिकेट टुर्नामेन्टमा वडा कार्यालय टिम बिजयी।

फतुवा बिजयपुरकाे टेंग्राहा क्रिकेट टुर्नामेन्टमा वडा कार्यालय टिम बिजयी।

रूपेश यादव ।

कार्तिक ४ गते ।

फतुवा बिजयपुरकाे टेंग्राहामा जारी क्रिकेट टुर्नामेन्टमा वडा कार्यालय टिमले बिजय भएको छ।आज साेमबारका दिन भएको फाईनल खेलमा बाैधीमाई टिम लाई हराउँदै वडा कार्यालय टिमले बिजयी भएको हाे।

साे नगरपालिकाकाे वडा नम्बर ४  टेंग्राहामा गाउँ भरीका सम्पूर्ण क्रिकेट खेलाडीहरूकाे  टिमलाई एक आपसमा  खेल खेलाईएकाे हाे।गाउँ भरीका  जम्मा ४ ओटा टिमले एक आपसमा खेलेका हुन जस्तै राजदेवी टिम ,बाैद्धीमाई टिम , माध्यमिक टिम र वडा कार्यालय टिमले एक आपसमा खेल्नु भएको थियो ।

फाईनल खेलमा पुगेका वडा कार्यालय टिम र बाैधिमाई टिम बिच भएको कडा प्रतिस्पर्धाका बाबजुद खेलमा बाैधिमाई टिमलाई पछ्याउदै वडा कार्यालय टिमले बिजयी भएका हुन।बाैधिमाईले टच जितेर पहिलो बैटिङ गरेर १६ ओभरमा १२७ रन बनाएर १२८ रनको लक्ष्य दिएका थियो ।दाेस्राेमा खेलेका वडा कार्यालय टिमले ६ बिकेट गुमाएर १२८ रन बनाई जित हाथ पारेका छन ।

उक्त भएको खेलमा प्रथम भएको वडा कार्यालय टिमलाई कप,शिल मेडल र नगद १५ सय नगद सहित सम्मान गरेका हुन।साथै दाेस्राे भएका बाैधीमाई टिमलाई कप, शिल,मेडल र ५ सय नगद दिएर आयाेजकले सम्मान गरेका हुन ।

उक्त खेलमा सहभागी  टिमका खेलाडी लाई मनाेबल बढाउनका लागि प्रदेश लेखा ईकाई  कार्यालय बिरगंज पर्सामा कार्यरत अधिकृत सुबाेध कुमार यादवले  खेलाडीहरू लाई आफ्नाे हाथबाट उक्त सम्मान र नगद सहयोग गरि खेलाडीहरूलाई स्वागत गरेका हुन ।

उक्त सम्मान कार्यक्रममा बाेल्दै अधिकृत यादवले आफुलाई याे सहयाेग र सम्मान गर्ने अवसर मिलाई दिनु भएकोमा आयाेजक परिवारलाई धन्यवाद ज्ञापन गरे ।साथै क्रिकेट खेल प्रती रूचि राख्ने सम्पुर्ण खेलाडीहरूकाे लागि आफू सधै सम्मान र सहयोग गर्न  त्यार रहने बताउदै खेलमा हार ,जित हुदैन आज हारेर पनि भाेलीका दिनमा जित आसिल गर्ने छ।  गाउका खेलाडीहरू लाई  शिर उचाइका पुर्याउनका लागि ब आग्रह गरेका हुन।

कार्यक्रममा स्वागत मन्तबय युवा समाजसेवी अभिषेक यादवले गरेका हुन।उक्त खेल तथा स्वागत कार्यक्रममा गाउका भद्रभलादमी , समाजसेवी , शिक्षा प्रेमी , सुरक्षाकर्मी तथा सञ्चारकर्मीकाे उपस्थिती रहेकाे खेल आयाेजकका सञ्चालक अभिरंजन यादवले जानकारी गराएका हुन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*