Breaking News
रौतहटको गढ़ीमाई -८ बिरनगरामा जसपा नेपालको भव्य जनसभा सम्पन्न ।

रौतहटको गढ़ीमाई -८ बिरनगरामा जसपा नेपालको भव्य जनसभा सम्पन्न ।

आरएन पटेल ।
रौतहट, कार्तिक २६ गते ।
रौतहटको गढ़ीमाई नगरपालिका – ८ बिरनगरामा जसपा नेपालको आधारभूत संगठन निर्माण अभियान अन्तर्गत जनसभा सम्पन्न भएको छ । जनता संग जसपा नेपाल जिल्ला कार्य समिति रौतहटद्वारा आयोजित आधारभूत संगठन निर्माण अभियान तथा जनसभा कार्यक्रम गढ़ीमाईको बिरनगरामा सभ्य एवं भव्यताका साथ सम्पन्न भएको हो ।

जनता समाजवादी पार्टी नेपालको संगठन विस्तार तथा मंसिर १६ गते हुने उप निर्वाचनलाई लक्षित गर्दै गढ़ीमाईको बिरनगरामा हुने वडा अध्यक्ष पदको निर्वाचनलाई सफल बनाउन एवं जसपा नेपालको उम्मेदवारलाई सफल गराउन कार्यक्रमको आयोजना गरिएको थियो । बिगत २०७९ सालको निर्वाचनमा गढ़ीमाई नगरपालिका वडा नं. – ८ बिरनगरामा जसपा नेपालको उम्मेदवारले वडा सदस्यहरु समेत बिजयी प्राप्त गरेका थिए । स्वास्थ्यमा समस्या भएपछि अल्पआयुमैं वडा अध्यक्ष रामअंगेया राय यादवको निधन भएपछि निर्वाचन आयोगद्वारा उक्त पदको लागि उप निर्वाचन तोकिएको हो । मंसिर १६ गते हुने उक्त निर्वाचनमा वडा अध्यक्ष पदका लागि विभिन्न पार्टिहरुले उम्मेदवार खडा गरिरहेको अवस्थामा जसपा नेपालले पनि आफ्नो पार्टीबाट स्थानीय समाजसेवी युवा नेता संदेश यादवलाई उम्मेदवार घोषणा गरेका छन ।
जसपा नेपालको जिल्ला अध्यक्ष श्यामबिहारी यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख वक्ता जसपा नेपालको राष्ट्रिय अध्यक्ष पूर्व उप प्रधानमन्त्री माननीय उपेन्द्र यादवले – मधेश र मधेशीले अझ धेरै हक़ अधिकार पाउन बाकी रहेको बताएका छन ।

लोकतन्त्रलाई लूटतन्त्रमा परिणत गर्ने दुई भाई कांग्रेस र कम्युनिस्ट रहेको उनले गुनासो गरेका छन ।
नाम मात्रकों लोकतन्त्र बनाएका कांग्रेस र कम्युनिस्टका सरकारले आम जनसमुदायलाई भेदभाव गरेकाले वास्तविक लोकतन्त्रलाई बदनाम गराएको उहाँले बताउनु भयो । विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी नहुनु भेदभाव हो । मधेशको विद्यालयहरुमा १ हजार विद्यार्थीमा १० शिक्षक र पहाडको विद्यालयमा २ सय विद्यार्थीमा १० शिक्षक हुनु मधेशीहरु माथि भेदभाव हुनु नै उनले जिकिर गरे ।

देश बिकास गर्न “सुखी नेपाली समृद्व नेपाल” भन्ने नारालाई बोलीचालीमा मात्र सीमित नाराखेर जनसंख्याको आधारमा जन सहभागिता हुनु पर्ने व्यवधान हुदा पनि ५४ प्रतिशत जनसंख्या भएको मधेश प्रदेशमा १२ प्रतिशत मात्र बजेट दिनु केन्द्र सरकारले आफ्नै देशमा बसोबास गर्ने जनतामाथि गैर नेपाली जस्तो विभेदपूर्ण व्यवहार गरेको उनले बताए ।
देशमै सबै भन्दा पिछडीएको जिल्ला रौतहट हुनुका कारण केन्द्र सरकारले रौतहट बासिलाई अवसर नदिनु, र बिकास निर्माणको कार्यबाट रौतहतलाई बञ्चित गराउनु समग्र मधेश र मधेशीहरुलाई उन्नति प्रगति गर्न नदिनु बाहेक अरुकेहि नरहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथिको आशनबाट बोल्दै जसपा नेपालको महासचिव, मधेश प्रदेश सरकारको पूर्व एवं प्रथम मुख्यमंत्री मोहम्मद लालबाबु राउत गद्दीले जनताको हितका लागि काम गर्ने र समाजमा न्याय, समानता, र विकासका मुद्दामा आवाज उठाउने अठोट सहित जसपा नेपालले चालको यस आधारभूत संगठन निर्माण कार्यलाई निरन्तरता दिदै पार्टिलाई अझ शसक्त बनाउन सम्पूर्ण नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन । साथै देशको सात प्रदेश मध्ये एक मात्र पहिचान सहितको प्रदेश “मधेश प्रदेश” नामकरणमा जसपा नेपालको अहम भूमिका रहेको बताएका छन । मधेश प्रदेशमा जसपा नेपालको पाँच वर्षे कार्यकालमा आफु मुख्यमंत्री हुदा विभिन्न जनतामुखी कार्यक्रमहरु – बेटी पढाउ, बेटी बचाऊ अभियान अन्तर्गत साइकल वितरण, व्याग तथा ल्यापटप वितरण, छोरी बीमा, छोरीको लागि लोकसेवा आयोग सञ्चालन जस्ता विभिन्न कार्यक्रमको अवधारणा ल्याएको बताए । त्यतिकै मात्र नभएर प्रदेशको प्रत्येक विधान क्षेत्रमा ५ किलोमीटर कालोपत्रे सड़क निर्माण अभियान, जातीय आरक्षण, प्रत्येक वर्ष माघ ५ गते हुने बलिदानी दिवसको अवसरमा सहिद परिवारहरुलाई सम्मान कार्यक्रम अन्तर्गत ३ लाखका दरले नगद वितरण कार्यक्रम, मधेश प्रदेशमा वन संबंधित अध्यादेश जारी गरि ऐन कानून बनाई प्रदेशलाई सुरक्षित गरेको उनले बताए ।

जनताले खोजेको संघीयता,सुशासन, समृद्धि र समाजवाद ल्याउन सम्पूर्ण जनसमुदायले आउदो गढ़ीमाई नगरपालिका वडा नं. ८ बिरनगराको वडा अध्यक्ष पदको उप निर्वाचनमा पुनः वड़ा अध्यक्षमा जसपा नेपालको युवा उम्मेदवार भाई संदेश यादवलाई निर्वाचित गराउन उपस्थित सम्पूर्णमा पूर्व मुख्यमंत्री राउतले अनुरोध गरेका छन । राजनीतिक रुपमा संघियता विरोधी कार्य गर्ने नेकपा एमाले तथा नेपाली कांग्रेसलाई नेपालबाट समाप्त गर्नु पर्ने जरुरि भएकोले आगामी उप निर्वाचनमा जनता समाजवादी पार्टी नेपाललाइ बहुमतले निर्वाचित गर्नु पर्ने उनले आग्रह गरे ।

जनता समाजवादी पार्टी नेपालले मात्र देश बनाउन सक्ने र मधेशी जनताको बाँकी हक अधिकार दिलाउन सक्ने भएको हुँदा अबको निर्वाचनमा जसपा नेपाललाई बहुमत दिएर निर्वाचित गराउन क्रमश सम्पूर्ण वक्ताहरुले उपस्थित सम्पूर्ण जनसमुदायमा आग्रह गरे ।

जिल्ला अध्यक्ष श्याम विहारी यादवको अध्यतामा सम्पन्न भएको कार्यक्रममा जसपा नेपालका महासचिव एवं मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, पूर्व मुख्यमन्त्री सरोज कुमार यादव, पार्टीका केन्द्रीय कार्यकारणी सदस्य रामकिशोर प्रसाद यादव, केन्द्रिय सदस्य एवं मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, प्रदेशका पूर्व राज्य मन्त्री शेख फूलबाबु, प्रदेश सांसद शोभा देवी, किरण ठाकुर,युवा नेता राजकुमार दास लगायतका वक्ताहरुले आआफ्ना मन्तव्य राखेका थिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*