Breaking News
दलितको नाममा केही व्यक्तिहरूले षड्यन्त्र रचेर चरित्र हत्या गरेको वडा अध्यक्ष यादवको आरोप ।

दलितको नाममा केही व्यक्तिहरूले षड्यन्त्र रचेर चरित्र हत्या गरेको वडा अध्यक्ष यादवको आरोप ।

आरएन पटेल ।
रौतहट,कार्तिक २९ गते ।
रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ३ मेवाका केही व्यक्तिहरूले षड्यन्त्र रचेर मेरो चरित्र हत्या गर्न खोजेको वडा अध्यक्ष रामेश्वर प्रसाद यादवले आरोप लगाएका छन । छठ घाट मेवामा दलितमाथि दुर्व्यवहार भएको भन्दै विभिन्न सामाजिक सञ्जाल मार्फत आएको अभिव्यक्ति कपोकल्पित, झूठा तथा निराधार रहेको बताउदै राजनीतिक षडयन्त्र रचेर आफुलाई बदनाम गराउने बाहेक अरु केहि नभएको यादवले बताएका छन ।

हिन्दुहरुको महान पर्व छठ पूजा गर्न सजाइएको छठ घाटमा दलितहरुलाई बस्न नदिएको तथा पंडालबाट समेत बाहिर निष्कासित गरेको आरोप वडा अध्यक्ष यादवमाथि लगाइए पनि यसलाई एउटा ठुलो षड्यन्त्रको रूपमा लिइएको तथा केही व्यक्तिहरूले षड्यन्त्र रचेर यादवलाई बदनाम गराउने प्रयास गरेको मेवाका स्थानीय दलितहरूले आरोप लगाएका छन ।


नगरपालिकाकाे वडा नम्बर-३ का वडा अध्यक्ष रामेश्वर राय यादवले आज पत्रकार सम्मेलन मार्फत बाेल्दै आफ्नाे वडा भित्रका सम्पूर्ण जनसमुदायलाई एक ठाउँमा छठपर्व गर्नका लागि व्यवस्था गरिएकोमा केहि दलित समुदायका सिमित व्यक्तिहरुले राजनीतिक षड्यंत्र गरि हो-हल्ला तथा विवाद गरेर सामाजिक सद्भाव बिगार्न खोजेको बताएका छन । मेवा छठ घाटमा चमार समुदायलाई दुर्ववहार गरेको आराेप झुठा रहेको वडा अध्यक्ष यादवले पत्रकर सम्मेलन मार्फत सम्पूर्णमा जानकारी गराएका हुन ।

केहि व्यक्तिले लगाएको दलितमाथि दुर्व्यवहार गरेको आरोप वडा अध्यक्ष यादवले अस्वीकार गर्दै यसमा कुनै सत्यता नभएको बताउनु भएको छ। उहाँको भनाइअनुसार, यो आरोप वास्तवमा राजनीतिक चरित्र हत्या गर्ने तथा सामाजिक वातावरणमा खलल पुर्याउने खेल बाहेक अरु केहि नभएको बताए । घटनाको वास्तविकता बुझेर दोशीमाथि कड़ा भन्दा कड़ा कार्यवाही गर्न वडा अध्यक्ष यादवले सम्बन्धित निकायलाई अनुरोध समेत गरेका छन ।

वडा अध्यक्ष यादव जनताको सेवकको रूपमा आफ्नो दायित्व पूरा गर्दै आएको स्थानीयहरूले बताएका छन । यादवको लोकप्रियतामा खलल पुर्याउन र उहाँलाई बदनाम गराउने उद्देश्यले केही व्यक्तिहरूले विभिन्न आरोपहरू लगाइरहेको स्थानीयहरुद्वारा बताइएको छ । यसरी राजनीतिक रूपले बदनाम गराएर आफ्नो स्वार्थ सिद्ध गर्ने प्रयासले स्थानीय राजनीतिमा अराजकता सिर्जना भएको स्थानीय बासिले आरोप लगाएका छन ।

सामाजिक सद्भाव बिगार्ने र अरुलाई बदनाम गराउन झूठा आरोप लगाई सामाजिक सञ्जालमा समेत झूठा आरोप लगाउने कार्यले स्थानीय केही प्रतिपक्षका व्यक्तिहरूले राजनीतिक प्रतिशोत साध्न विभिन्न जालझेल रचेको वडा अध्यक्ष यादवले बताए । दलितको नाममा दलितलाई उचालेर एक आपसमा विवाद गराउने सामाजिक अराजकता फैलाउने त्यस्ता व्यक्ति समाजको लागि घातक हुने र त्यस्ता व्यक्तिबाट सजग रहन आम सर्वसाधारणहरुमा अपील गरेका छन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*