Breaking News
नगरपालिकाले गर्नु पर्ने कार्य वडा अध्यक्ष साहले गर्दै, मौलापुर-९ मा निःशुल्क आँखा शिविर सम्पन्न ।

नगरपालिकाले गर्नु पर्ने कार्य वडा अध्यक्ष साहले गर्दै, मौलापुर-९ मा निःशुल्क आँखा शिविर सम्पन्न ।

आरएन पटेल ।
रौतहट, कार्तिक ३० गते ।
रौतहटको माैलापुर नगरपालिका वडा नम्बर ९ साेनरनियामा नि: शुल्क आँखा शिविर सम्पन्न भएको छ । नगरपालिकाले गर्नु पर्ने कार्य वडा अध्यक्ष साहले निःशुल्क आँखा शिविर सञ्चालन गरेर देखाएका छन । शुक्रबार मौलापुर नगरपालिका वडा नं. ९ वडा कार्यालय भवन सोनरनियामा गाैर आँखा अस्पताल पुरेनवाका डाक्टरहरुकाे टोलीद्वारा नि: शुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पताल पुरेनवा रौतहटको आयोजना तथा मौलापुर नगरपालिका ९ नं. वडा कार्यालय सोनरनिया स्थानिय आयोजक रहेको निःशुल्क आँखा शिविरको वडा अध्यक्ष श्यामकिशाेर साहले रिवन काटेर उद्घाटन गरेका हुन । शिविरमा ३ सय ६५ जनाको चेकजाच गरिएकोमा ८५ जना नजदीकीको बिरामीहरुका लागि चश्मा वितरण गरिएको तथा छनौट भएका १ सय ५४ मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिने अस्पतालका कार्यक्रम संयोजक सतेन्द्र पाण्डेयले जानकारी गराएका हुन ।

नगर भित्र तथा वडामा समेत गरेर आँखा रोगीहरु बढ़न थालेपछि नगरबासीहरुको स्वास्थ्य अवस्थालाई मध्य नजर गर्दै नगरका जेष्ट नागरिक लगायत अशक्त तथा बृद्ध बृद्धाहरुको पाएक पर्ने गरि वडा कार्यालयमैं सञ्चालन गरिएको वडा अध्यक्ष साहले बताएका छन । शिविरमा चेकजाच गराउन आएका बिरामीहरुलाई निःशुल्क औषधी उपचार गरिएको तथा मोतियाबिन्दुका बिरामीहरुलाई (ऑपेरशन) शल्यक्रियाका लागि बोलाइएको समयमा उपस्थित भई सेवाको लाभ लिन सम्पूर्णमा वडा अध्यक्ष साहले अनुरोध गरेका छन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*