Breaking News
आधारभूत विद्यालय ईनवा ‘क’ का विद्यार्थीहरुलाई स्कूल ड्रेस वितरण।

आधारभूत विद्यालय ईनवा ‘क’ का विद्यार्थीहरुलाई स्कूल ड्रेस वितरण।

आरएन पटेल।
पौष २२ गते ।
रौतहटको बौधिमाई नगरपालिका-२ ईनवा ‘क’ मा रहेको श्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई स्कुल ड्रेस वितरण गरिएको छ । सोमवार एक कार्यक्रमका बिच उक्त विद्यालयमा अध्ययनरत २ सय जना विद्यार्थीलाई पछिल्लो छात्रवृत्तिको रकमबाट स्कुल ड्रेस वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मनोज कुमार पटेलले बताए ।

प्रत्येक विद्यार्थीहरुलाई नियमित विद्यालयमा आउन र पठनपाठनमा सहज होस् भन्ने उदेश्यले स्कुल ड्रेस वितरण गरिएको प्र.अ. पटेलले बताए।

विद्यालयमा अध्ययनरत दलित विद्यार्थी तथा छात्राहरुको लागि आउने छात्रवृत्ति रकमबाट विद्यालयमा अध्ययनरत शिशु कक्षा देखी कक्षा ८ सम्मका करिब साढ़े ६ सय विद्यार्थीहरुलाई उक्त स्कुल ड्रेस वितरण गरिने विद्यालयका प्र.अ. पटेलले बताए । ड्रेस वितरण कार्यक्रमको आज पहिलो दिन कक्षा ४ देखी कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई वितरण गरिएको छ। सोमबार पोशाक पाउन नसकेका बाकी सम्पूर्ण विद्यार्थीहरुलाई भोली पर्सी गरेर वितरण कार्यलाई निरन्तरता दिदै सम्पन्न गरिने उनले बताए ।
बिगतको दिनका बाकी रहेका छात्रवृत्तिको रकमबाट स्कूल ड्रेस वितरण गरिने गरि यस वड़ाका वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिका, अभिभावक तथा स्थानीय पार्टी प्रतिनिधिहरुले निर्णय गरेका थिए। उक्त निर्णय मान्य हुने गरि सोमवार विद्यालयका प्र.अ. पटेलले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई स्कूल ड्रेस वितरण कार्यको शुभारम्भ गरेका हुन।

स्कूल ड्रेस शैक्षिक सुधारको एक अंस भएकोले यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई शिक्षामा टेवा पुगोस् भन्ने उदेश्यले स्कुल ड्रेस वितरण गरिएको नेकपा एसका स्थानीय नेता बैजू प्रसाद पटेलले बताए।

स्कूल ड्रेस वितरण कार्यक्रममा समाजसेवी बिरेन्द्र प्रसाद पटेल (सेठ जी), समाजसेवी रामाशंकर प्रसाद गुप्ता, अशोक प्रसाद पटेल, नेपाल प्रहरीको पूर्व सई रामजीवन प्रसाद पटेल, समाजसेवी रामाकान्त कुमार पटेल, मेवालाल पटेल, विद्यालयका शिक्षक-शिक्षिका, अभिभावक तथा भद्रभलादमी बुद्धिजीवीहरुको उपस्थिति रहेका थिए।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*