Breaking News
रौतहटको माधोपुरमा कुहिएका राहत सामग्री गरियो नष्ट।

रौतहटको माधोपुरमा कुहिएका राहत सामग्री गरियो नष्ट।

आरएन पटेल।
रौतहट, पौष २६ गते।
रौतहटको माधोपुरमा कुहिएका राहत सामग्री नष्ट गरिएको छ। जिल्लाको माधवनारायण नगरपालिका वडा नं.६ माधोपुर वडा कार्यालयमा राखिएको राहत सामग्री शुक्रवार नष्ट गरिएको हो।

बि.स.२०७७/०७८ सालमा तत्कालीन वडा अध्यक्ष राजीव कुमार यादवको नेतृत्वमा कोभिड १९ का समयमा अति विपन्न गरिब असहाय नागरिकहरुका लागि राहत स्वरुप नगरपालिकाको कार्यालयबाट उक्त खाधान्न समाग्रीहरु प्राप्त गरिएको थियो। तत्कालीन वडा अध्यक्ष राजीव यादव विभिन्न कारणवश उक्त राहत सामग्री वितरण हुन नसकी भण्डारण गरि वडा कार्यालयमा थन्काएर राखेका थिए। करीब तीन सय बोरा संख्यामा रहेको उक्त राहत सामग्रीमा चामल, दाल, नुन, तेल र आलू जस्ता खाधान्न सामाग्रीहरु कुहिएर खराब भएकाले खाल्डो खनि पुर्ने कार्य गरिएको वडा अध्यक्ष रामनरेश राय यादवले बताए।



नगर प्रमुख वैजनाथ प्रसाद यादवको अध्यक्षता वडा कार्यालयको प्रांगनमा शुक्रवार बसेको सर्वपक्षिय बैठकबाट सड़े गलेको अवस्थामा रहेको सो राहत सामग्रीबाट महामारी फैलिन सक्ने सम्भवना सिर्जना हुन सक्ने भएको हुदाँ उक्त राहत सामाग्रीहरू खाल्डो खनी पुर्ने कार्य गरिएको नगर प्रमुख वैजनाथ प्रसाद यादवले बताए।

कार्यक्रममा नगर उप प्रमुख निर्माला देवी रमन, नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री देव यादव, कार्यपालिका सदस्य दिपेन्द्र मुखिया, जय प्रकाश पंडित, ईन्जिनीयर नागेन्द्र राय, वडा सदस्य फेकु महतो नुनिया, भुषण ठाकुर, प्रमिला देवी चमार, रामपति देवी साह, न.पा. को प्रशासन शाखा प्रमुख पृथ्वी नारायण यादव, वडा सचिव उमेश प्रसाद यादव, राम कृपाल राय, जसपा नेपाल जिल्ला अध्यक्ष श्यामबिहारी राय यादव, जयमंगल राय, जसेलाल साह लगायत स्थानीय राजनीतिकर्मी, नेता कार्यकर्ता, पत्रकार तथा प्रहरी प्रशासनको उपस्थिति रहेको थियो।

 

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*