Breaking News
रौतहटको फतुवा बिजयपुरमा जसपा नेपालको नगर कमिटी बैठक सम्पन्न ।

रौतहटको फतुवा बिजयपुरमा जसपा नेपालको नगर कमिटी बैठक सम्पन्न ।

राैतहट।
माघ १२ गते।
फतुवा बिजयपुर नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल नगर  कमिटीकाे बैठक तथा वडा कमिटी बिस्तारित बैठक सम्पन्न भएको छ। शनिबारका दिन एक कार्यक्रमका बिच नगरपालिकाकाे वडा नम्बर १ स्थित घुसुकपुरमा जसपा नेपाल फतुवा बिजयपुर नगर कमिटीले भेला बाेलाईएकाे हाे।

नगरकमिटी  अध्यक्ष जयमंगल प्रसाद  यादवकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख वाक्ताका रुपमा केन्द्रीय सदस्य बिन्देश्वर राय यादव, प्रदेश कमिटी सदस्य बिजय कुमार चाैधरी, जिल्ला उपाध्यक्ष अमृतलाल चाैधरीले रहनु भएकाे थियो ।
कार्यक्रमकाे मुख्य उदेश्य पार्टी भित्रीको समस्याकाे बारेमा छलफल गरि  समाधान तर्फ लागेर पार्टीलाई थप बलियो बनाउन र संगठनलाई शसक्त बनाई अगाडि बढाउन नेता चाैधरीले बताउनु भयो ।
कार्यक्रम सञ्चालन बिनाेद चाैधरीले गर्नु भएको थियोे। पार्टीका सहिदहरु प्रति १ मिनेट माैन धारणा गरेको थियो ।
<span;>उक्त कार्यक्रममा जिल्ला सदस्य हरदेव यादव , नगर कमिटी उपाध्यक्ष बिनाेद प्रसाद यादव, अजय यादव ,बिसनाथ महताे, धर्मेन्द्र पटेल, जयचन्द्र यादव,वडा नम्बर ७का वडा  क‌ैलास ठाकुर , रामप्रवेश यादव लगाएतका नेता कार्यक्रताहरुकाे सहभागीता रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*