Breaking News
बारागढीको खोपवामा हुलाक कार्यालयको स्थापना।

बारागढीको खोपवामा हुलाक कार्यालयको स्थापना।

दिपेन्द्र जयसवाल
बारा,माघ १२ गते।
बाराको बारागढी गाँउपालिका खोपवामा बारागढी हुलाक कार्यालयको स्थापना गरिएको छ। बारा जिल्लाको बारागढी गाँउपालिका वडा नम्बर ३ मा आज शनिवार पालिका हुलाक सेवा कार्यालयको स्थापना गरिएको छ । नेपाल सरकारको एक पालिका एक हुलाक कार्यालय स्थापना गरिने नीति कार्यक्रम अन्तर्गत बारागढी गँउपालिका खोपवामा बारागढी हुलाक कार्यालयको उद्घाटन सम्पन गरिएको छ . गाँउपालिका अध्यक्ष अशोक कुमार जयसवाल र उपाध्यक्ष लक्ष्मी देबी रायले रिबन काटेर संयुक्त रुपमा सो हुलाक कार्यालयको उदघाटन गर्नु भएको छ।

जिल्ला हुलाक कार्यालय बाराले आयोजना गरेको कार्यक्रममा गाँउपालिकाको अध्यक्ष तथा स्थानिय सरसकार प्रमुख अशोक कुमार जयसवालले सो  कार्यालयको उद्घाटन गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै गाँउपालिका पालिका अध्यक्ष जयसवाले जनतालाइ छिटो छरितो सेवा प्रवाह गर्नका लागि नेपाल सरकारले सबै पालिकामा हुलाक सेवा कार्यालय स्थापना गरेकोले सेवाको उपयोग गर्न स्थानीयलाई आग्रह गर्नु भएको छ। उक्त कार्यालय उद्घाटन कार्यक्रममा वडा  नम्बर १ को वडा  अध्यक्ष अध्यक्ष सुरेश प्रसाद चौधरी वडा न २  को वडा अध्यक्ष  जोगिन्द्र साह कलवार वडा नम्बर  ४ को वडा अध्यक्ष  एवम्  गाँपालिका को स्थानिय सरकार प्रवक्ता समेत रहनु भएका पन्नाला साह वडा नम्बर ५ को वडा  अध्यक्ष  मनेजर  चौधरी  गाँउकार्यपालिका सदस्यहरु सरेश राम रेणु देबी जयसवाल युगवती राम संगीता कमारी चौधरी धनमन्ती मलाहीन जिल्ला हुलाक कार्यालय बाराको प्रमुख संञ्चारकर्मीहरु लगायत स्थानीयहरुको सभागिता रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*