आरएन पटेल।
राैतहट,माघ २८ गते ।
स्थानीय तहको वितरणमुखी कार्यक्रमले समाजमा मुटभेड़को अवस्था सृजना भएको देखिन्छ। सस्तो लोकप्रियता कमाउन जिल्लाका विभिन्न पालिकाका नगर प्रमुखहरुले नगर स्तरीय बजेटबाटवितरणमुखी कार्यक्रमको आयोजन गरि समाजमा मुटभेड़को अवस्था सृजना गरेको देख्न पाइन्छ।
उदाहरणका लागि गरुडा नगरपालिकाको वडा नम्बर ६ अमरपट्टी गाउँमा भएको सिरक वितरण कार्यक्रममा हालै भएको विवादले प्रष्ट पारेको छ।
मध्य राैतहटकाे गरूडा नगरपालिका वडा नम्बर ६ अमरपट्टी गाउँमा मेयर कन्थमनी जयसवालले आइतबार गरिब,विपन्नकाे सट्टा हुनेखानेलाई सिरक/कम्बल वितरण गर्न थालेपछि स्थानीयले विराेध गर्दै मेयर जयसवाललाई घेरेका थिए। सुखी सम्पन्न तथा आफ्ना आसेपासे परिवारलाई सिरक बाँड्न थालेपछि स्थानीय आक्राेशित भई करिब २/३ घण्टा सम्म उनलाई स्थानीयहरुले घेरेका थिए। गरीब निमुखा तथा विपन्न परिवारलाई बाईपास गरि एउटै घरका ५ जनालाई दिन थालेपछि थप विवाद उत्पन्न भएको स्थानीय सुरेश जयसवालले जानकारी गराएका हुन् ।
केही बेरसम्म त्यहाँ अवस्था तनावग्रस्त बनेकाे थियोे । पछि ईलाका प्रहरी कार्यालय शिवनगरबाट गएको टाेली स्थिति साम्य पारेकाे थियोे । सिरकहरू नबाँडीकन नगरपालिकामा फिर्ता लानेभएपछि मात्र स्थानीयहरू शान्त बनेका थिए ।
जनताकाे भिडबाट पछि प्रहरीले नगर प्रमुख जयसवाललाई स्कटिङ्ग गरेर त्यहाँ बाट निकालेका थिए । बाक्लो संख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन पनि गरिएको थियोे ।
त्यहाँका स्थानीयहरूले वास्तविक पीडित,गरिब, विपन्न, एक घर एक सिरक बाड्न भनिरहेका थिए । तर मेयर जयसवालले त्यसाे नगरि गाउँमा झैझगडा गराउन खाेज्दा जनताले विरोध गरि सम्पूर्ण दलित, गरिब तथा विपन्न परिवारलाई वितरण नगरेकाले उक्त वितरण कार्यलाई अवरोध गरेको स्थानियहरुले बताएका छन।
यस अघि पनि सिरक तथा दाउरा वितरण कार्यमा गरूडाकाे दलित बस्तीलाई बाईपास गरि मेयर जयसवालले वितरण गरेकाे दलित बस्तीका पीड़ित परिवारहरुले आराेप लगाईएकाे थियोे । नगरप्रमुख कन्थमनी जयसवालले कम्बल र सिरक वितरणमा काखापाखा गरेकाे तथा आफ्ना आसेपासे लगायतका व्यक्तिहरुलाई उच्च प्राथमिकतामा राखेर वितरणमुखी कार्यक्रमहरु सञ्चालन गर्दै आएको पीडितहरुको भनाई रहेको छ।
साथै आइतबार गरुडाको अमरपट्टीमा सिरक वितरण कार्यक्रममा भएको विवाद विस्तार हुदै सोमबार पनि विवाद बढेर अमरपट्टीमा केही बेरसम्म अवस्था तनावग्रस्त बनेकाे थियोे। अवस्थालाई नियन्त्रण गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरि स्थिति साम्य पारेकाे थियोे ।
रौतहटको गरुडा नगरपालिका मात्र नभएर अन्य अधिकांश पालिकाहरुले त्यस्ता विभिन्न वितरणमुखी कार्यक्रम सञ्चालन गरि आफ्ना नजदीकी तथा आसेपासे लगायतका व्यक्तिहरुलाई ग्रस्ता दिएर वितरण कार्य सञ्चालन गर्दा समाजका सचेत नागरिकद्वारा विरोध जनाउदा समाजमा द्वन्द समेत सृजना भइरहेको जानकारहरुको बुझाई रहेको छ।
जनता सचेत भएपछी जनप्रतिनिधिले जे मन लाग्यो त्यही गर्न त्यति सजिलो नहुने तथा अहिलेको जनप्रतिनिधिहरुलाई मनपर्दी कार्य गर्न अपठ्यारो भैरहेकाले दिनप्रतिदिन स्थानीय स्तरमा विवाद बढ्दै गएको बुद्धिजीवीहरुको भनाई रहेको छ।