Breaking News
मलंगवा नगरपालिकाको ३८ औं स्थापना दिवसको अवसरमा बज्जिका महोत्सव-२०८१ सम्पन्न

मलंगवा नगरपालिकाको ३८ औं स्थापना दिवसको अवसरमा बज्जिका महोत्सव-२०८१ सम्पन्न

आरएन पटेल
फागुन १७ गते।
सर्लाहीको मलंगवा नगरपालिकाको ३८ औं स्थापना दिवसको अवसरमा बज्जिका महोत्सव-२०८१ कार्यक्रम सम्पन्न भएको छ। जिल्लाको सदरमुकाम मलंगवाको जानकी पार्टी पैलेशको हलमा मलंगवा नगरपालिकाको आयोजकत्वमा बज्जिका महोत्सव २०८१ सम्पन्न भएको हो।


मलंगवा नगरपालिकाको नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षता सम्पन्न कार्यक्रममा बज्जिका समाजका विभिन्न जिल्ला लगायत भारत बिहारका अग्रजहरुले बज्जिका भाषा प्रति आ आफ्नो धारणा राखेका थिए। कार्यक्रम मलंगवा नगरपालिकाको आर्थिक सहयोग तथा सहयोगी संस्था बज्जिका साहित्य समाज सर्लाहीको सहयोगमा सम्पन्न भएको छ।

कार्यक्रममा बज्जिका साहित्य समाज सर्लाहीको अध्यक्ष एवं बज्जिका महोत्सव २०८१ को संयोजक रामचन्द्र महतो कुशवाहाले स्वागत मन्तव्य राखेका थिए। बज्जिका भाषाबारे विस्तृत जानकारी सहित बज्जिकाको इतिहास बारे कार्यक्रममा बज्जिका कवि शिरोमणि संजय साह मित्रले प्रकाश पार्दै आफ्ना मन्तव्य राखेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै बज्जिका भाषी मधेश प्रदेश सरकारको पूर्व अर्थमन्त्री संजय कुमार यादवले आफु पहिलो पटक २०७४ मा प्रदेश साँसदमा निर्वाचित हुदा बज्जिका भाषामा सपथ ग्रहण गरेको प्रष्ट पार्दै हाल पनि बज्जिका भाषाको लागि संघर्षरत रही मधेश प्रदेश सरकारमा सम्पूर्ण स्थानीय मातृभाषालाई प्राथमिकतामा राखी प्रदेश भरिकै कार्यालयहरुमा कामकाजको भाषा आ आफ्नै मातृभाषा हुने गरि विधेयक पारित गराउन आफूहरु पूर्ण रुपमा प्रयासरत्त रहेको बताएका छन। साथै बज्जिका भाषा बिकासको लागि आफु हरदम तत्पर रहेको बताउदै आ आफ्नो मातृभाषाको विकासको लागि सबै जनमानसले आ आफ्नै ठाउँबाट पहल गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।


कार्यक्रममा विभिन्न जिल्लाका बज्जिका साहित्यकार, बज्जिका कवि, लेखक, गीतकार, गायक लगायत मलंगवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीगण, वड़ा अध्यक्षहरु, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार साह, भारत बिहार वैशालीका प्रतिनिधि, विभिन्न जिल्लाका बज्जिका भाषी, बज्जिका सेवी, पत्रकार, सञ्चारकर्मी लगायत बज्जिका भाषाप्रति सदभाव राख्ने शुभचिन्तकहरुको उपस्थिति रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*