प्रेमचन्द्र झा
फाल्गुन १७ गते।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहले निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन ।
निर्माण व्यवसायी संघ राैतहटको आठाै साधारणसभा लाई प्रमुख अतिथिको आसनबाट शनिवार गाैरमा उदघाटन गदै सो कुरा बताएका हुन । आर्थिक ऐन नियमाबली निर्माण व्यवसायी मैत्री नहुदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा आलोचित हुन परेको अध्यक्ष सिहले बताए । निर्माण व्यवसायीलाई पेसाबाट पलायन हुन बाट बचाउन हालसालै सिमेन्टको मुल्य वृधि राेकनु पर्ने , निर्माण व्यवसायी मैत्री खरिद कानुनमा सन्साेधन गर्नु पर्नेमा सरकारसंग छलफल भएको जानकारी गराउदै व्यवसायीलाई ठेक्कालाई सम्झेर मात्र कम्पटिसनमा जान सुझाव दिएका छन । निर्माण मैत्री कानुन नहुदा ठेकदार ठेकदार आफै आफैमा लडेर सखाप हुन लागेको बताए । निर्माण व्यवसायी महासंघ राैतहटका अध्यक्ष कृष्णदेव यादवकाे अध्यक्षतामा भएको साधारणसभामामधेस प्रदेस सभाका सांसद तथा निर्माण व्यवसायी संघ राैतहटका पुर्व अध्यक्ष नागेन्द्र साह, महासंघका महासचिव राेशन दाहाल , सह महासचिव शिव हरी घिमिरे ,सह कोषाध्यक्ष सन्तोष साह,उपेन्द्र चाैधरी, पालु विक्रान्त विक्रम, नेपाल राष्ट्र निर्माणमा व्यवसायी काे ठुलाे भुमिका दुखमा निर्माण व्यवसायी छ। आत्म हत्या गर्न उन्मुख पालिका स्तरमा संघ बनाउनु पर्ने ।पेटीको काम गर्नेको सम्स्या छ ।सडकमा ठेकदार पुर्याउने काम भएको छ । सबैलाई समान व्यवहार गर्नु पर्छ ।
मधेस प्रदेस अध्यक्ष मुना चाैधरी , जिल्ला काेषाध्यक्ष विक्रान्त विक्रम नेपाल सहितका वक्ताले सार्वजनिक खरिद ऐन एजेन्डाको रुपमा आउनु पर्ने कुरामा जोड दिएका थिए ।
Sthaniya News
