Breaking News
परोहामा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

परोहामा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

स्थानीय न्यूज।
रौतहट,फागुन २३ गते।
रौतहट जिल्लाको परोहामा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। ए आई टी ले आयोजना गरेको प्रतियोगिता परोहा नगरपालिकाका मा वि विद्यालयहरुको सहयोग तथा टाईमस अफ मधेसको व्यवस्थापनमा आयोजना भएको थियो। मधेसी संस्कृतिमा फागु पुर्णिमाको महत्व विषयक वक्तृत्वकला प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ।

परोहा नगरपालिकाको वडा नम्बर ३ लौकाहामा रहेको श्री ब्रहम ज्योति माध्यमिक विद्यालयको प्राङ्गनमा भएको सो प्रतियोगितामा नगर भित्र ६ वटै मा वि विद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो। नगर पालिकाका शिक्षा शाखा प्रमुख सन्तोष पटेलको प्रमुख अतिथ्यता रहेको उक्त प्रतियोगितामा ब्रहम ज्योति मा वि का प्रधानाध्यापक अरुण यादव अध्यक्षता गर्नु भएको थियो। बिद्यार्थीहरुको मनोबल बढाउन तथा नगर भित्रका बिद्यार्थीहरुमा रहेको प्रतिभा उजागरना गर्ने उदेश्यले आयोजना गरीएको प्रतियोगितामा प्रत्यक मा वि विद्यालयले आफ्नो विद्यालय बाट एक जना उत्कृष्ट विद्यार्थीलाई छनोट गरी पठाएका अनुसार नै ६ जना बिद्यार्थीहरुलाई सहभागिता गराईएको थियो। आज भएको सो प्रतियोगितामा प्रथम ओम मा वि नरकटीयाका खुश्बु कुमारी पटेल भएका थिईन भने दोस्रो मा वि पोखरीया तेजापाकडका मनु कुशवाहा तेस्रो ब्रहम ज्योति मा वि लोकाहाका बिशाल साह , चौथो श्री अन्होती लाल मा वि बसन्तपट्तीका दिपिका साह तथा पाचौ स्थानमा श्री जनता मा वि रामपुर खापका अमित कुमार यादव परेका थिए। प्रतियोगितामा प्रथम दोस्रो तथा तेस्रो स्थान प्राप्त गरेका सहभागीहरुलाई नगद सहित प्रसंसा पत्र बाट सम्मानित गरीएको थियो भने बाकिका सहभागीहरुलाई प्रसंसा पत्रबाट संम्मान गरीएको थियो।

कार्यक्रममा नगरपालिकाका विषय विज्ञ सुदामा यादव , परोहा नगरपालिकाका सुचना अधिकारी सरोज पटेल लगायत विभिन्न मा वि विद्यालयका प्रतिनिधि शिक्षकवर्ग सहित जिल्ला तथा राष्ट्रीय मिडियामा आवध संचारकर्मीहरुको सहभागिता रहेको थियो। प्रतियोगिताको आयोजक ए आईटी कम्प्युटर ईन्स्टिच्यु गौरले प्रतियोगिता आयोजना गर्नमा सहयोग गरेका सम्पूर्ण विद्यालयलाई कदर पत्र प्रदान गरेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*