Breaking News
देवाही गोनाहीमा नयाँ हाकिमको रुपमा धनन्जय प्रसाद दासलाई भव्य स्वागत

देवाही गोनाहीमा नयाँ हाकिमको रुपमा धनन्जय प्रसाद दासलाई भव्य स्वागत

आरएन पटेल
रौतहट, फागुन २७ गते।
रौतहटको देवाही गोनाही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा धनन्जय प्रसाद दास हाजिर भएकाे छ । मंगलवार एक कार्यक्रमकाे बिच देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानु र नगर उप प्रमुख परनिया देवी पटेलले  कार्यालय प्रमुखको रुपमा धनन्जय प्रसाद दासलाई टीका माला लगाई कार्यालयमा स्वागत गर्नु भएकाे हाे ।


पदभार ग्रहण गर्दै कार्यालय प्रमुख दासले छिटै कर्मचारीहरूको तलबभत्ता लगायत पालिकाको एकल महिला, जेष्ठ नागरिक,बालबालिकाहरुकाे भता वितरण गरिने बताएका छन । समान्य प्रशासन मन्त्रालयबाट कार्यालय प्रमुखको रुपमा प्रमुख प्रशासकीय अधिकृत संदेश यादवलाई खटाएका थिए । केही समय पहिला यादव अन्यत्र सरुवा भएपछि देवाही गोनाही नगरपालिका हाकिम बिहीन भएको थियो।
हिन्दू धर्मावलम्बीहरूको रंग अविरको पर्व होली तथा मुस्लिम समुदायको चलिरहेको रमजान पर्वको बेला पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको आर्थिक लगायत विभिन्न कार्य गर्न अपठ्यारो भइरहेको बेला नगर प्रमुख साह र उप प्रमुख पटेलले पालिकामा नयाँ हाकिमको रुपमा उहाँलाई हाजिर गराई कार्यभार सुम्पेका छन।


कार्यभार सम्भालदै प्राशासकीय अधिकृत दासले पालिकामा अवरुद्ध भएका सम्पूर्ण कामकाजहरु चाँडै अगाडि बढाउने उहाँले बताउनु भएको छ। स्वागत कार्यक्रममा पालिकाको लेखा शाखा प्रमुख प्रदिप कुमार यादव, विभिन्न शाखाका शाख प्रमुख, राष्ट्रसेवक कर्मचारी लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*