रौतहट,चैत्र ८ गते।
रौतहटमा (एसइई परीक्षा) माध्यमिक शिक्षा परीक्षा अन्तर्गत शुक्रवार दोश्रो दिन सम्पन्न परीक्षामा विभिन्न परिक्षा केन्द्रमा इलेक्ट्रोनिक ग्याजेटको माध्यमबाट चिट चोर्दै गरेको अवस्थामा ३४० मोवाइल बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी गरिएका प्रेस नोटमा रौतहटको विभिन्न परिक्षा केन्द्रमा चिट चोर्न प्रयोजनको लागि परिक्षार्थीहरुले आ आफना शरिरमा लुकाएर राखेको ३४० थान मोवाईल, दुई थान स्मार्ट वाच बरामद गरिएको हो ।
बरामद गरिएका मोवाइल र स्मार्ट वाचलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको तथा परिक्षा हल भित्र निरीक्षकको रुपमा खटेर आफनो जिम्मेवारी विपरित कार्य गर्ने दुई जना निरीक्षकलाई परिक्षा अवधी सम्मका लागि रिष्टिगेट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहट प्रवक्ता एवं डिएसपी दिपककमार रायले जानकारी दिए ।