Breaking News
रौतहटको एसईईमा दुई निरीक्षक सहित ४२४ थान मोबाइल पक्राउ

रौतहटको एसईईमा दुई निरीक्षक सहित ४२४ थान मोबाइल पक्राउ

रौतहट, चैत्र ०७ गते।
रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीबाट ४२४ थान मोबाइल सेट जफत गरिएको छ । एसईईको पहिलो दिन बिहीबार अंग्रेजी बिषयको परीक्षामा अनुगमन समितिले परीक्षा केन्द्रमा परीक्षार्थीले चिट चोर्ने प्रयोजनका लागि लुकाइ-छिपाइ राखेका ४२४ थान मोबाइल जफत गरेको हो ।


याेसँगै चिट चोर्न सहयोग गरेका दुई जना निरीक्षकलाई प्रहरीले पक्राउ गरेकाे छ । श्री यमुनामाइ माध्यमिक विद्यालय झुन्खुन्वा परीक्षा केन्द्रबाट एक जना र श्री लक्ष्मीनिया माध्यमिक विद्यालय मौलापुरबाट एक जना गरी दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले जानकारी दिएका छन् ।
रायका अनुसार झुन्खुन्वा परीक्षा केन्द्रमा परीक्षार्थीहरुबाट केही रकम लिइ परीक्षा केन्द्रमा मोबाइल प्रवेश गराउने परीक्षा निरीक्षकलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई परीक्षा मर्यादा भंग गर्ने कसुरमा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*