आरएन पटेल
रौतहट, साउन २१ गते।
मिटरब्याज विरुद्ध किसान मजदूर आन्दोलन, नेपाल
भोजपुरा कमाण्डको रौतहट जिल्ला सम्मेलन सम्पन्न भएको छ। “सम्पूर्ण किसान मजदूर एक होऔं। वित्तीय शोषण तथा उत्पीडन विरुद्ध संघर्ष गरौ” नारा सहित जिल्लाको मध्य भाग गरुडाको ए एन पार्टी पैलेसको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो।
मिटरब्याज विरुद्ध किसान मजदूर आन्दोलन, नेपाल रौतहट जिल्ला समितिको आयोजकत्वमा भोजपुरा कमाण्डको इन्चार्ज तथा रौतहट जिल्ला अध्यक्ष शिवशंकर महतोको अध्यक्षतामा सम्पन्न भएको हो।
सम्पन्न दोस्रो जिल्ला भेलाको बन्द सत्रबाट शिवशंकर महतोको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा मो. ईस्लाम, सचिव राम अकलेश पटेल,स सचिव जुनैद अन्सारी, कोषाध्यक्ष शेख मुस्तुफा तथा जिल्ला सचिवालय सदस्यमा गुदर बैठा, गोपाल सहनी, हृदय नारायण दास लगायत १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मिटरब्याज संघर्ष समितिका केन्द्रीय प्रवक्ता निर्ग नवीनले पीडितरुको आवाज कसैले दबाउन खोजे सम्भव नरहेको बताएका छन। हामीले यो आन्दोलन स्थगित गरेका हैनौ, फेरी पनि आउदो भदौ महिनाको ३० गते काठमाण्डौको गली गलीमा हामी मधेशीहरुको आवाज गुंजिने बताउनु भएको छ। साथै हामीले हरेश खानु भएन, हार मानेर बस्नु भएन, गरीब निमुखा तथा सम्पूर्ण पीडितरुको आवाज बनेर देशैभरि चिनाउने तथा हाम्रा आउने सन्ततिका लागि केहि गरेर देखाउने बेला आएकोले अब चुप लागेर नबस्ने तथा कड़ा आन्दोलन गर्ने चेतावनी उनले यसै मंचबाट गरेका हुन।
कार्यक्रमका अध्यक्ष तथा भोजपुरा कमाण्डका इन्चार्ज एवं रौतहट जिल्ला अध्यक्ष समेत रहेका शिवशंकर मेहतोले कपाली तमसुक जस्ता प्रावधानलाई पूर्ण रुपमा हटाई साहुले ऋणि माथि गर्दै आएको अन्याय अत्याचारको सफाया गर्न हाम्रो यो आन्दोलन जारी रहने बताएका छन। अहिलेको प्रस्थितिमा हाम्रो देश नेपालमा बिना आन्दोलन कुनै पनि समस्याको समाधान सम्भव नरहेको बताउदै हामीले नथाकि, एक्यवधत्ता जनाउदै दृढ़ संकल्प सहित सशक्त रुपमा आन्दोलनको कार्यक्रम अगाडी बढाउदै सफलता प्राप्त गर्न कुनै कसर नछोडने आट गरेका विश्वास व्यक्त गर्नुभएको छ।
कार्यक्रम सञ्चालन बैधनाथ सहनीले गरेका थिए। कार्यक्रममा जिल्ला कार्य समितिका सम्पूर्ण सदस्य, केन्द्रीय सचिवालय सदस्य बोध कुमारी गिरी, केन्द्रीय सदस्य शेख तबारक, सर्लाही जिल्ला अध्यक्ष रुकमणि चौधरी, सचिव सिनफी चौधरी, अमृत चड़बा, चन्द्रनगर अध्यक्ष नथुनी चौधरी, वित्तीय शोषण विरुद्ध किसान मजदूर आन्दोलन सर्लाही जिल्ला अध्यक्ष अनिता चौधरी, लघुवित्त जिल्ला सदस्य प्रमोद राय यादव, अर्जुन सिंह, कलामुल, सावित्री चौधरी लगायत सैकड़ों मिटरब्याज पीडितरुको सहभागिता रहेको थियो।
Sthaniya News
